BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    रियल म्याड्रिडले डेभिड डिजियाको विकल्पमा विल्वाओका किपर एरिजबालागालाई भित्राउने

    संसार न्यूज संवाददाताकार्तिक २४, २०७४

    arizbalaga

    २४ कात्तिक, एजेन्सी । लामो समय देखि म्यान्चेष्टर युाईटेडका गोल किपर डेभिड डि जियालाई भित्राउने प्रयास गरेको रियल म्याड्रिडले अन्तत एथ्लेटिक बिल्बाओका किपर केपा एरिजबालागालाई भित्राउने तयारी गरेको छ । २३ वर्षे स्पेनिश किपर एरिजबालागालाई भित्राउन रियल म्याड्रिडले तयारी गरेको स्पेनिश पत्रिका मार्काले जनाएको छ ।

    बिल्बाओका एकेडेमी उत्पादन एरिजबालागाले यस सिजन लिगमा राम्रो प्रर्दशन गर्दै आएका छन् । उनको खेल्ने शैली रियलका भेट्रान किपर ईकर क्यासिलससँग समेत मिल्ने गर्दछ । तर्सथ रियलले एरिजबालागालाई क्यासिलसकोको प्रतिस्थापक खेलाडीको रुपमा समेत लिएको छ । रियलका पहिलो रोजाईका किपर किलोर नाभासले राम्रो प्रर्दशन गर्दै आएपनि चोटका कारण नाभास यस सिजन लामो समय मैदान बाहिर रहदैँ आएका छन् ।

    एरिजबालागाको बिल्बाओसँगको सम्झौता समेत यस सिजनको अन्तमा सकिँदै छ । उनले बिल्बाओले प्रस्ताव गरेको नयाँ समझौताको नवीकरण पनि अस्विकार गरेका छन् तर्सथ एरिजबालागा आगामी जनवरी ट्रान्सफर विन्डोमा रियल आउन सक्ने जनाईएको छ ।

    १०५६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad