BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    युथ एसियाकप : अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग नमिठो पराजय भोग्न बाध्य

    संसार न्यूज संवाददाताकार्तिक २५, २०७४

    cricket

    २५ कात्तिक, काठमाडौं ।  अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल यु १९ युथ एसिया कपको पहिलो खेलमा बंगलादेशसँग २ विकेटको नमिठो पराजय भोगेको छ ।
    खेलको अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि १० रन आवश्यक थियो । अन्तिम ओभरमा बलिङ गर्न पुगेका कमल सिंहले अन्तिम ओभरको पहिलो बलमा २० बलमा २३ रन बनाएका महिदुल इस्लामलाई आउट गरे । त्यसपछि क्रिजमा रहेको रबिउल हकले दोस्रो बलमा चौका र तेस्रो बलमा १ रन गयो । चौथो बलमा फेरि चौका तथा अन्तिम बलमा १ रन लिदै बंगलादेश विजयी भएको हो ।

    नेपालका सन्दिप लामिछाने र कमल सिंहले समान २/२ विकट लिए भने अनिल सिंह, दिपेन्द्र सिंह ऐरी र किशोर महतोले एक एक विकेट हात पारे ।

    मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभल मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १ सय ६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । डकवर्थ लुइस नियमका आधारमा बंगलादेशलाई ४० ओभर १ बलमा १ सय ८१ रनको लक्ष्य दिइएको हो । सुरुमा पनि वर्षाका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो ।

    नेपालका भीम सार्कीले ४० बलमा ४४, रोहित कुमार पौडेलले ५४ बलमा ४०, आसिफ शेखले ५२ बलमा ३० रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ४१ बलमा १२ रन बनाए । बंगलादेशका नइम हसनले तीन साथै अफिफ हुसैन, क्वाजी ओनिक र हसन महमुदले एक एक विकेट लिए ।

     

    ४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad