BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    कठिन प्रतिद्वन्दी भारतलाई हराउदैँ नेपालले रच्यो ईतिहास

    संसार न्यूज संवाददाताकार्तिक २६, २०७४

    dipendra singh airee

    २६ कात्तिक, मलेशिया । प्रतियोगिताकै प्रमुख दाबेदर मानिएको भारतलाई हराउदैँ नेपालले ईतिहास रचको छ ।
    यु –१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई १९ रनले हराउदै ईतिहास रचेको हो ।
    ै १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।

    मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले एक सय १ बलको सामना गर्दै ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।
    यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।
    भारतका लागि हिमान्सु रानाले ४६ रन मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।

    नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १|१ विकेट लिए ।

    नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आउँदो मंगलबार मलेसियासँग खेल्नेछ ।

    ३४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad