BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

     मुुशर्रफको पहलमा बनेको ‘बृहद् गठबन्धन’ दोस्रो दिनमै टुक्रियो

    संसार न्यूज संवाददाताकार्तिक २७, २०७४

    musharraf२७ कात्तिक, इश्लामाबाद, पाकिस्तान । पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफको पहलमा बनेकोे विभिन्न २३ दल समेटिएको ‘बृहद् गठबन्धन’ बनेको घोषणा गरिएको दोस्रो दिनमा नै टुक्रिएको छ ।

    अवामी इत्तेहाद गठबन्धनमा सम्लग्न रहेको केही दलले आफूहरू यसबाट अलग रहेको जनाएपछि मुशर्रफले निकै आशाका साथ गठन गरेको राजनीतिक संगठन कमजोर बनेको छ ।

    गठबन्धनका महत्वपूर्ण शक्ति मानिएका दल पाकिस्तान अवामी तेहरिक र मजलिस वाहदत–ए–मुश्लिमिनले आफूहरू पूर्व सैनिक शासक मुशर्रफको गठबन्धनमा रहन शनिबारै अस्वीकार गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

    संयुक्त अरब इमिरेट्सको बन्दरगाह शहर दुबईमा भिडियो सम्मेलनमार्फत गत शुक्रबार ७४ वर्षीय मुशर्रफले सबै मुहाजीर समुदायलाई प्रतिनिधित्व गर्ने राजनीतिक दल एक हुनुपर्ने भन्दै गठबन्धनको घोषणा गर्नुभएको थियो । मुशर्रफले नेतृत्व गरेको पाकिस्तान अवामी इत्तेहाद गठबन्धनको महासचिवमा इकवाल दार रहनुभएको छ ।

    मुहाजीर समुदायका मुशर्रफ गत वर्षको मार्चमा पाकिस्तानी गृहमन्त्रालयले देश छोड्न नपाउने सूचीबाट हटाएपछि उहाँ यूएईमा बस्दै आउनुभएको थियो ।

    उर्दू भाषा बोल्ने मुहाजीर समुदाय स्वतन्त्रतापछि भारतबाट पाकिस्तान गएका थिए ।

    सन् १९९९ मा शान्तिपूर्ण रक्तपाविहीन राज्य विद्रोह गरी सेना प्रमुखबाट पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मुशर्रफले अहिलेको अवस्थामा पाकिस्तानी अदालत पूर्व प्रधानमन्त्री नवाज शरीफको नियन्त्रणमा नरहेको भन्दै आफूमाथि लगाइएको सबै आरोपको सामना गर्न तयार रहेको बताउनुभएको छ ।

    ३३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad