BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    लाखौँ क्याटलोनियालीद्वार्रा बार्सिलोनामा प्रदर्शन

    संसार न्यूज संवाददाताकार्तिक २७, २०७४

    २७ कात्तिक, बार्सिलोना । स्वतन्त्रता पक्षधर क्याटलोयिाली नेताहरूलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा लाखौँ क्याटलोनियाली जनताले बार्सिलोनामा प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

    स्वतन्त्रताको पक्षमा जनमतसंग्रहको परिणाम आएपछि क्याटलोनियाको क्षेत्रीय संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेको र यसै निर्णयलाई अधार बनाई क्षेत्रीय सरकारले क्याटोलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो । लगत्तै स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन शुरु गरेको थियो ।

    क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरूको रिहाइको माग गर्दै प्रदर्शनकारीले सूर्यास्तका बेला मोबाइल फोनको टर्च बाली विरोध जनाएका थिए । स्पेन सरकारले पक्राउ परेका केही नेताहरूको नाम आगामी महिना हुन लागेको चुनावका लागि एउटा पृथकतावादी पार्टीको सूचीमा समावेश गर्ने तयारी गरेको छ ।

    यसैबीच स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले आइतवार बार्सिलोनाको भ्रमण गरी आफू निकट नेताहरूलाई भेट्ने तथा स्थानीय प्रशासनलाई निर्देशन दिने तयारी गर्नुभएको छ ।

    मड्रिडको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले निर्वासनका लागि बेल्जियम जानुभयो भने उहाँका उच्च साझेदारहरूमाथि मुद्दा चलाइएको छ ।

    २९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad