BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    सन्राइज बैंकद्वारा आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना

    संसार न्यूज संवाददाताकार्तिक २७, २०७४

    sunrise

    २५ कार्तिक, झापा । सन्राइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघ सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व बैंकका नायव महाप्रबन्धक श्री रबिन कुमार नेपालज्यूले गर्नु भएको थियो । कार्यक्रको प्रमुख आतथ्यिता बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष श्री कुमार भट्टराईज्यू तथा विशेष आतिथ्यता बिर्तामोड नगरिपालिकाका मेयर धु्रव शिवाकोटीज्यूले गर्नु भएको थियो । कार्यक्रम उपर बिर्तामोड शाखाका प्रमुख सुमन दाहाल तथा साना तथा मझौला कर्जा विभागका प्रमुख श्री गणेश रेग्मी लगायतले प्रष्ट पार्नु भएको थियो । कार्यक्रम रोयल प्यालेस ब्याङ्कक्येट बिर्तामोडमा सम्पन्न भएको थियो । यस कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना गा्रहक वर्गमा वित्तीय परामर्श पु¥याउने हेतुले आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका ७० वटा शाखा मार्पmत तथा थप विस्तारित शाखा मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पु¥याउने उद्देश्यका साथ अगाडि बढेको कुरा सोहि बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपालज्यूूूू ले जानकारी गराउनुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।

    यस बैंक “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ ।

    यसै सन्दर्भमा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टड एकाउन्टेन्ट श्री अरुणराउतहरुलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ । कार्यक्रमका मुख्य विषयबस्तुमा सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपुँजी व्यबस्थापनका आधारभूत नियमहरु, नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण, व्यबसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तैव्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण रहेका थिए ।

    यस किसिमको कार्यक्रमको आयोजनालाई अत्यन्त लाभदायक रुपमा लिई बैंकले समस्त बैंकिङ्ग प्रणालीमा आवद्ध तथा गैह्र आवद्ध उद्यमी व्यवसायीहरुलाई समय समयमा कर प्रणाली तथा लेखा नीतिमा अद्यावधिक गराएकोमा तथा बिर्तामोड उद्योग वाणिज्य संघ सँगको सहकार्यमा कार्यक्रम आयोजना गरेकोमा संघका अध्यक्ष श्री कुमार भट्टराईले बैंकको कार्यशैली प्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमका सहभागीहरुलाई श्री धु्र्रव शिवाकोटीले प्रमाणपत्र समेत वितरण गनुभएको थियो । विभिन्न विधाका १५० भन्दा बढी उद्यमी व्यवसायीहरुको उपस्थिती तथा सन्राइज बैंकका झापा स्थित छ वटा शाखाका कर्मचारीहरुको समेत उपस्थिती रहेको कार्यक्रमको संचालन तथा व्यवस्थापन बिर्तामोड शाखाका कर्मचारी श्री रेवतीरमण नेपालले गर्नुभएको थियो ।

    १५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad