BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    मैले त २५० मै गरे, तपाइ पनि जाँगर गर्ने की ?

    चन्दा थापाकार्तिक २७, २०७४

    chanda

    छिमेकमा रहेकी एक साथीलाई अचानक सुगर (चिनी रोग) देखिएको सुनाइन् अर्की साथीले । भर्खरकी उनी, बिहे पनि गरेकी छैनन् । हात खुट्टा झमझमाउने र मुख सुक्ने समस्याले अस्पतालमा गएकी उनलाई डाक्टरले एक्कासी सुगर हाइलेवलमा पुगेको र दवाइले काम नचल्ने भन्दै इन्सुलिन नै दिएको कुरा सुनाउँदा म झसंग भए । स्वस्थ्यबिज्ञहरुले ४० वर्षपछि विशेषत महिलाहरुले स्वास्थ्यमा ध्यान पु¥याउनुपर्छ भन्ने पढेकी थिए, म झसंग भए । कतै मलाई पनि सुगर त भएन । जेनेटिक जान्छ भन्छन्, की मलाई पनि लाग्यो ?

    मलाई त्यस्तो मुख सुक्ने, हात खुट्टा झमझमाउने लगायतका समस्या केही भएको थिएन । तै पनि बिहाँनै ७ बजे अफिस आउनु पर्ने । बिहाँनै पानी पनि नखाई फास्टिङमा रगत निकालेर सुगर छ की छैन भनेर जाँच्नुपर्छ भन्ने सुनेकी थिए ।

    मैले बिरामी पर्दा बाहेक र डाक्टरले अह्राएको भन्दा बढी अहिलेसम्म आफ्नै मनले जानेर त्यसरी रगत जाँच गरेकी थिईन् । समस्यै परेमात्र अस्पताल जाने हामीमा रहेको बानीका कारण रोग भयानक बनेपछि मात्र उपचारका लागि अस्पताल धाउने र लाखौं खर्च गर्ने अनि शरीरको पनि नास गर्ने बानी छ ।

    अफिसमा काम गर्ने बहिनीको दिदीको फार्मेसी थियो । उनको मै रगत जाँच गर्न दिनु पर्ला भनेर बिहानै गए । तर, बिहाँनै फार्मेसी नखोल्ने उहाँले मंगलबार आउनुस् भन्नु भयो । तर, कति समयपछि बल्ल बिहाँन केही नखाइ सुगर जाँच गर्न गएकी मैले फेरि मंगलबार पनि यसैको लागि सबै तयारी गर्नुपर्छ भने मनमनै । र अफिस हिँडे । बाटोमा रहेका अन्य क्लिनीक खुलेको छ की भनेर हेरे । कतै पनि खुलेको थिएन । हिमाल अस्पतालको अगाडि सधै औषधि लिने फार्मेसी भने बिहाँनै पनि खुलेको रहेछ ।

    स्कुटी रोकेर त्यहाँ गए ।

    ‘भाई सुगर चेक गर्नु हुन्छ यहाँ ?’

    ‘ यहाँ गर्दैनौं !’

    उहाँ आफ्नै बडार कुडारको काममा लाग्नु भयो ।

    फेरि दोमनमा परे ‘अब के गर्ने ?’

    हिमाल अस्पताल तिर हेर्दै फेरि त्यहि भाइलाई सोधे, ‘भाइ, हिमालमा गर्छ त ?’

    ‘गर्छ जानुस् न !’

    फेरि सोँधे ‘भाइ कति पैसा लेलान् ?’

    उनले भने, ‘६०–६५ रुपैयाँ लाग्ला जानुस् न !’

    खल्तीमा जम्मा २ सय रुपैयाँ मात्र थियो । बिहाँन छोरालाई कलेज जाने बेलामा सुगर चेक गराउन जाने हो फलाना आन्टीकोमा, बिहाँनै बोहनी नभएको भनेर रिसाउलान् की, ५०० छोडिदेउन ! म सँग आज रहेनछ !’
    छोराले भन्यो ‘म सँग ५०० मात्र छ ममी !’

    ‘त्यसो भए २–३ सय छोडेर जाउँ न त ।’

    २ सय रुपैयाँ छोडेर गएको थियो । म त्यहि पैसा स्वीटरको खल्तीमा बोकेर हिमाल अस्पतालमा पुगेकी थिए ।
    बिहाँनको सवा ७ बजिसकेको थियो होला सायद ।

    हिमालको औषधि पसलमा पुगेर भने ‘सुगर चेक गर्नु छ ।’

    उनले ल्यावमा जानुस् भने । मनमा लागेको थियो, ला, पैसाले पुग्दैन होला के भन्ने होला पुगेन भने ? बिहाँनै उधारो हुँदैन भन्ने त होइन् ।

    सरासर ल्यावमा गए । ल्यावमा २ जना सिस्टर हुनुहुन्थ्यो । सुगर चेक गर्नु छ भनेर भने ।

    एकजनाले कम्प्युटरमा नाम, ठेगाना, फोन नं लेख्नु भयो । १०० रुपैयाँ माग्नु भयो ।

    ए, १०० मै हुँदो रहेछ म फेरि किन डराए हुँला ? मनले आफैसँग प्रश्न ग¥यो ।

    अनी अर्को सिस्टरले चस्स सुई लगाएर रगत निकाल्नु भयो ।

    अनि अब खाना खाएको दुई घण्टापछि आउनुस् है,घडी हेरेर !

    मैले फेरि सोधे ‘किड्नीको पनि चेक गर्न मिल्छ ?’

    उहाँले दुई तीन थरी तरिकाबाट गरिने उपचारको नाम दिएर त्यहि अनुसार पैसा भन्नु भयो । ‘ मैले ‘हुन्छ पछि गर्छु नी ।’
    उहाँले होइन् यहि ब्लडबाट पनि हेर्न मिल्छ नर्मल गर्दा १५० रुपैयाँमा हुन्छ ।’

    हुन्छ, चेक गरिदिनुस् म खाना खाएर चेक गर्न आउँदा दिन्छु पैसा ।

    उहाँले पनि हुन्छ बिल लिएर आउनुस् है भन्नु भयो ।

    त्यहाँबाट निस्किएर सोँचे । होइन् यो मलाई थाहा नभएर हो की नटेरेर हो ? २०० मै सुगर टेस्ट हुँदो रहेछ त !
    मनभरी कुरा खेलाउँदै आए त्यस्तो दुई सय हजारौपटक अन्य कुरामा खर्च भयो होला । तर, हेल्थको लागि मैले किन सोचिन ? यति सहजै हुँदो रहेछ नी न कुर्नुपर्ने न धेरै पैसा खर्च हुने ।

    अफिसमा आएर काम गरे । खाना खाए । २ घण्टापछि फेरि गए । फेरि रगत जाँचका लागि दिए ।

    सिस्टरले ‘हुन्छ जानुस्, पैसा एकैपटक बेलुका दिनुहोला भन्नु भयो ।’

    अफिसमा पनि साथीहरु बीच त्यति सजिलै सबै कुरा हँुदो रहेछ त्यो पनि हिमाल अस्पतालमा आफूले जतिखेर भन्यो त्यतिखेर भन्दै सुनाए ।

    साथीहरुले पनि ‘है, किन वेवास्ता गर्छौ होला है, शरीरको ।’ भन्नु भयो ।

    साथीहरुले हो मा हो मिलाउनु भयो ।

    बेलुकी घर जानेबेलामा रिर्पोट लिन गए ।

    मैले १०० सुगर जाँच र १५० किड्नी जाँचको गरेर २५० निकालेर दिए । सिस्टरले १५० मात्र हो भन्नु भयो ।

    मैले किन ? भने उहाँले सुगर टेस्टको त बिहाँनै भइसक्यो नी १०० रुपैयाँ अब किड्नी जाँचको मात्र दिनुस् भन्नु भयो ।

    म त अचम्म परे, बिहाँन लागेको थियो २ पटकको २०० होला भनेर । तर, दुईपटक सुगर जाँच गरेको जम्मा १०० रुपैयाँमात्र भनेसी एकपटकको जम्मा ५० रुपैयाँ लाग्दो रहेछ ।

    उहाँले राम्रै छ तपाइको । तर, काब्रोहाइड्रेड र गुलियो अलि कम गर्नुस् है भन्दै मुसुक्क मुस्कुराउँदै सल्लाह दिनु भयो । उहाँको सल्लाह तथा सहयोगलाई धन्यवाद दिदैँ म घर फर्के ।

    बाटो भरी सोँचे । जम्मा २५० रुपैयाँमा शरीरको सेन्सेटिभ अगं किड्नी र थाहै नपाइकन मृत्यु शैथ्यामा पु¥याउने सुगर रोग भएको छ की छैन भनेर यति सहज थाहा पाइन्छ भने किन सबैले नगर्ने भन्ने लाग्यो ।

    हुन त आजभोली विभिन्न संस्थाले राखेको स्वास्थ्य शिविरमा ‘निःशुल्क रुपमा सुगर चेक गर्नुस’् भनेर भन्दा हामीले अल्छि मानेर त्यहाँसम्म जान जाँगर गर्दैनौं । तर, सबैले महिना २ महिनाको १ पटक १०० रुपैयाँ मात्र खर्च गरेर आफ्नो घर नजिकको क्लिनकमा चेक गर्ने बानी बसाल्यौ भने गम्भीर रोग लाग्नबाट बाँच्न सकिन्छ भन्ने मैले महसुस गरे । त्यसैले मैले त गरे तपाइ पनि आजैदेखि सुरु गर्नुस् हैं ।

    जसले जसरी लिनुस्, त्यो यहाँहरुको स्वतन्त्रता तर, मजस्तै धेरैलाई काम लाग्छ की भनेर मात्र यी कुरा सेयर गरेकी हुँ ।

    १८४३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad