BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    औद्योगिक कोरिडोरका उद्योगीलाई दैनिक १५ करोड नोक्सानी

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

    २८ कात्तिक, मोरङ । भारतको बथानाहास्थित मीगञ्ज पुलबाट ठुला मालबाहक सवारीसाधन आवतजावत हुन नसक्दा सुनसरी, मोरङ औद्योगिक कोरिडोर क्षेत्रका उद्योगिलाई दैनिक १५ करोड रुपैयाँ घाटा लाग्ने गरेको छ ।
    गत साउन अन्तिम साता आएको बाढीका कारण मीगञ्ज पुलमा समस्या आएपछि भारतिय पक्षले २० टन भन्दा बढी तौल भएका मालबाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा राक लगाएको छ । अहिले सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यावसायीले ८० किलोमिटर घुमाउरो दुरी प्रयोग गरेर कच्च पदार्थ र अन्य सामान आयात गर्न बाध्ये भएको उद्योगी संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले बताए ।
    मीरगञ्ज पुल विराटनगर भन्सार कार्यलयबाट करिब पाँच किमीको दुरीमा पर्छ । तर, सुनसरीको भान्टाबारी नाकाबाट ८० किमि घुमाउरो दुरी प्रयोग गर्दा ढुवानी खर्च बढेनुका साथै उद्योगीलाई हैरानी भएको छ । आजको राजधानी दैनिकबाट

    २७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad