BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    हतियार नबुझाउनेको घरमा छापा मार्ने तयारीमा प्रहरी

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

     hatiyar२८ कात्तिक, मोरङ । मोरङ प्रहरीले तोकिएको समयममा अनुमति प्राप्त हतियार  बुझाउन अटेर गर्नेको घर–घरमा छापा मार्ने  तयारी गरेको छ । निर्वाचनको  समयमा बैद्य हतियारले चुनौती  निम्तन सक्ने ठहर गर्दै  प्रहरीले तोकिएको समयसीमामा  सकिएपछि  घरघरमै गएर छापा माने योजना बनाएको छ ।

     बैद्य हतियार बुझाउन  हतियार धनीले आनाकानी  गरेपछि जिल्ला सुरक्षा समिति मोरङको  बैठकले घरघरमै  गएर हतियार  संकलन गर्ने निर्णय गरेको हो ।  तोकिएको मितिमा  आफैले हतियार  संकलन गर्ने निर्णय गरेको हो ।  तोकिएको मितिमा  आफैले हतियार  बुझाए निर्वाचन पछि फिर्ता  लिएर जान पाइने प्रहरीको भनाईछ ।  तर घरमा पुगेर छापा मारेर ल्याएको  हतियार  जफत गर्ने  प्रहरीको भनाई छ ।  साथै छापा मार्दा नविकरण फेला परे हतियार  तथा खरखजना ऐन अन्तर्गत  कारबाही गर्ने  प्रशासनले जनाएको छ ।

     जिल्ला प्रहरी कार्यालयका  प्रमुख एसपी अरुण  बिसीले  पहिलो चरणमा ३० कात्तिकसम्म वैद्य हतियार बुझाउन  आव्हान गरेको  बताए । तर,  हालसम्म ४८ थान  मात्रै हतियार संकलन भएको हो ।  बिसीका अनुसार मोरङमा अनुमति लिएका ७ सय २३ थान हतियार छन् । आजको नयाँपत्रिका दैनिकबाट

    ३४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad