back

यस्तो छ निर्वाचन तयारीका लागि कांग्रेसले गठन गरेको उपसमिति

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

165 

shares
NTC AD
Global IME AD

congresh-flag

२८ कात्तिक, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसले मूल समिति मातहतमा प्रचारप्रसार, अनुगमन तथा मूल्यांकन, शान्तिसुरक्षा व्यवस्थापन समन्वय, भ्रातृ संस्था परिचालन, शुभेच्छुक संस्था परिचालन, मतदाता शिक्षा प्रशिक्षण, आर्थिक समृद्धि र विकास समन्वय, प्राविधिक, पूर्वराष्ट्रसेवक समन्वय, कला सांस्कृतिकर्मी समन्वय र नेपाली जनसम्पर्क समिति समन्वय उपसमिति गठन गरेको जानकारी दिनुभयो ।

उपसमितिलाई जिल्लामा पार्टीका उम्मेदवारलाई विजयी गराउन जिल्लास्तरका पार्टीका सबै संयन्त्र परिचालन गरी विधागत काम गर्ने जिम्मेवारी तोकिएको छ । काँग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीका लागि आजैदेखि सबै जिल्लामा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ ।

केन्द्रीय प्रतिनिधिले पार्टी उम्मेदवारलाई विजयी गराउन जिल्लाका सबै संयन्त्र परिचालन गर्ने, आवश्यक तथ्यांक संकलन गरी केन्द्रमा जानकारी गराउने, लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच समन्वय गर्नेलगायत काम गर्ने नेता खाँणले बताउनुभयो ।

पार्टीले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकभरका चुनावी आमसभालाई सम्बोधन गर्ने तालिकासमेत सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले यही कात्तिक २५ गते ताप्लेजुङबाट चुनावी प्रचारको थालनी गरिसक्नुभएको छ ।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा कात्तिक २८ गते नेपालगञ्ज, २९ गते धनगढी, ३० गते डडेलधुरा, आगामी मंसिर १ गते बैतडी र दार्चुला तथा २ गते बाजुरा र बझाङमा नेता कार्यकर्ता भेटघाट र चुनावी आमसभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले चुनावी सुरक्षासम्बन्धी बैठकमा आवश्यक निर्देशनसमेत दिनुहुनेछ ।

काँग्रेसले पहिलो चरणमा हुने ३२ जिल्लाका ३७ मध्ये ३५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएको छ भने बाँकी दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीसँग गठबन्धन गरेको छ । त्यस्तै ३७ निर्वाचन क्षेत्रमा ७४ प्रदेशसभामध्ये ६६ मा उम्मेदवारी दिई बाँकी प्रदेशमा राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिसँग गठबन्धन गरेको नेता खाँणले जानकारी दिनुभयो ।

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले ४५ जिल्लाका १२८ मध्ये ११८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बाँकी १० निर्वाचन क्षेत्रमा अन्य दलसँग गठबन्धन गरेको पार्टी कार्यालयले जनाएको छ । त्यस्तै १२८ निर्वाचन क्षेत्रका २५६ मध्ये २५४ प्रदेशसभामा काँग्रेसले उम्मेदवारी दिएको नेता खाँणले जानकारी दिनुभयो । निर्वाचनमा पार्टीको तयारी, आवश्यक रणनीति र वर्तमान जनमतका आधारमा काँग्रेसले प्रत्यक्षतर्फ ५५ र समानुपातिकमा ४५ प्रतिशत गरी बहुमत स्थानमा जित हासिल गर्ने निश्चित भएको नेता खाँणले जिकिर गर्नुभयो ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०२:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...