BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    बुढीगण्डकी चिनियाँलाई दिने सम्झौता खारेज

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

     patrapatrika२८ कात्तिक, काठामाडौं । सरकारले १२ सय मेगावाटको बुडीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लगि चिनियाँ कम्पनीसँग गरेको साझेदारी खारेज गरेको छ । कांग्रेस समेत सहभागी माअवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारल चिनियाँ कम्पनी चाएना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) सँग गरेको साझेदारी सोमबार बसेको मन्त्रिपरिषद् वैठकले खारेज गरेको हो । कांग्रृस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको कृषि तथा जलस्रोत र अर्थसमितिले संयुक्त रुपमादिएको खारेजीको निर्देशन अनुसार भन्दै समझदारी खारेज गरेको हो ।
    दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणपिछि चिनियाँ कम्पनीलाई दिने गरी प्रक्रिया अघि बढाएपछि दिन सकेको थिएन । २०७४ जेठ ९ मा तत्कालीन् दाहाल नेतृत्वको मन्त्रिपरिषदले सीजीजीसीसँग इन्जिनियरिङ खरिद निर्माण र लगानी इपीसीएफ मोडलमा अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको थियो भने जेठमा तत्कालीन उर्जामन्त्रि जनर्दन शर्मा आफैले हस्ताक्ष्र गरेर चिनियाँ कम्पनीसँग सम्झौता गरेका थिए । आजको कारोबार दैनिकबाट

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad