BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    केन्यामा  बर्षेनी ३१ हजार बालबालिकाको मृत्यु

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

    २८ कात्तिक, नैरोबी । केन्यामा बर्षेनी झण्डै ३१ हजार जना बालबालिकाले ज्यान गुमाउने गरेको एक सरकारी तथ्यांक सोमबार सार्वजनिक भएको छ ।

    स्वास्थ्य मन्त्री क्लेओपा माइलुले पर्याप्त स्वास्थ्य सचेतना बृद्धि गर्ने र प्रवद्र्धन गर्ने कार्यक्रमहरू नभएकाले मृत्यु हुनेहरूको संख्या धेरै रहेको बताउनु भएको छ ।

    “नवजात शिशुहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहजै पहुँच हुन नसक्नु हाम्रो स्वास्थ्य सेवाको ठुलो चुनौति हो,” उहाँले भन्नुभयो ।

    उहाँले केन्याका नागरिकहरूलाई स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै विषेश गरेर बालबालिकाको हेरचाह र खानपानमा ख्याल गर्ने समेत आह्वान गर्नुभएको छ ।

    २६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad