BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    मोदीद्धारा १२ औं शताब्दीलाई नेतृत्व दिन योग्य बन्नका लागि मेहनत गर्न आग्रह

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

    narendra-modi२८ कात्तिक, मनिला, फिलिपिन्स । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ औँ शताब्दीलाई नेतृत्व दिन योग्य बन्न कडा मेहनत गर्नका लागि आग्रह गर्नुभएको छ ।

    सोमबार फिलिपिन्सको मनिलामा बसोबास गर्ने भारतीय नागरिकलाई सम्बोधन गर्दै सरकारले आगामी दिनमा भारतलाई रूपान्तरण गर्न नयाँ विकासको नयाँ उचाईमा प¥याउन यथासम्भव प्रयास गरेको सवै भारतीय जनताले यस कुरालाई मनन गर्दै प्रगतिको उचाईमा पुग्न कडा मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

    भारतीय प्रधानमन्त्रीले आफ्नो करिब ३५ मिनेट लामो भाषणमा भन्नुभयो, “प्रगतिको बाटो सजिलो नभएकाले केही बाधाहरू आइपर्नसक्छन् तर एक पटक यसलाई पार गरेपछि भारतलाई नयाँ उचाईमा पुग्न कसैले पनि रोक्न सक्नेछैन ।” “हाम्रो प्रयास भारतलाई रूपान्तरण गर्दै हाम्रो मुलुकमा रहेको सबै प्रविधिले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको प्रत्याभूत हुनु जरुरी छ ।”

    एक्काइसौँ शताब्दी एसियाली मुलुक समृद्धिको भएको र यसको नेतृत्व भारतले गर्न थप मेहनत गर्नुपर्ने मोदीको भनाई थियो । भारतीय प्रधानमन्त्रीले थप्नुभयो,“मलाई यो सम्भव छ भन्ने लागेको छ ।”

    सो अवसरमा प्रधानमन्त्री मोदीले भन्नुभयो, भारतले विश्वशान्तिका लागि सधैँ योगदान गरेको जनाउँदै आफ्नो मुलुकका करिब एक लाख २५ हजार सेनाले पहिलो तथा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएको बताउनुभयो ।

    “संयुक्त राष्ट्रसंघको शान्ति सेनामा हाम्रो सैन्यदल विश्वकै ठूलोमध्ये एक रहेको छ । भारत माहात्मा गान्धीको देश हो त्यसैले शान्ति हाम्रो संस्कृति र सुसंस्कारको अभिन्न भाग हो,” मोदीले भारतको विश्वशान्तिका लागि गरेको योगदानको चर्चा गर्दै बताउनुभयो ।

    उक्त अवसरमा मोदीले आफ्नो सरकारले ल्याएका स्वच्छ भारत, जन धन योजना र उज्यालो योजनाको विशेष जोडका साथ प्रस्तुत गर्नुभएको थियो ।

     

    ३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad