BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    नेपालले पायो ४६ रनको लक्ष्य, सन्दीप एक्लैले चड्काए ५ विकेट

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

    sandip२८ कात्तिक, काठमाडौं । एसीसी यू- १९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले ४६ रनको विजयी लक्ष्य पाएको छ ।
    वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपालले प्रतियोगिताकै उत्कृष्ट बलिङ गर्दै नेपालले मलेशियालाई १५.३ ओभरमा ४५ रनमा समेटेको हो ।
    आयोजक टोली टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २र२ तथा अनिलकुमार साहले १ विकेट लिए ।

    मलेशियाको लागि ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।

    ५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो । नेपालले केहि बेरमै जवाफी ब्याटिङ गर्दै छ ।

    २२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad