BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यारा सार्वजनिक

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

    sharad-kumar-gauchan२८ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई मंगलबार सार्वजनिक गरेको छ ।
    राजधानीको महेन्द्र पुलिस क्लबमा पत्रकार सम्मेलन गर्दै महानगरीय अपराध महाशाखाले हत्याराको नाम सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् ।

    पक्राउ परेका मध्ये ३१ वर्षीय राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेका प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

    photo
    यस्तै ३५ वर्षीया सिर्जे महतोले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेको तथा विहारका २४ वर्षीय मुकेश पाण्डेले पेस्तोल उपलब्ध गराएको तथा पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए ।
    पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको जनाईएको छ । हत्याकामे योजना भने समिरमान बस्नेतले बनाएको जनाईएको छ । तर योजनाकार बस्नेतलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
    अध्यक्ष गौचनको गत असेज २३ गते काठमाडौँको शान्तिनगर स्थित खरिबोटमा दिउसै गोली हानी हत्या गरिएको थियो ।

    ६६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad