BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले गरे अन्तराष्ट्रिय फुटबलबाट बुट थन्क्याउने घोषणा

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

    anil gurung

    २८ कात्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमकका कप्तान अनिल गुरुङले अन्तराष्ट्रिय फुटबलबाट बुट थन्क्याउने घोषणा गरेका छन् । आज भएको एएफसी एसियन कप छनोट चरणको अन्तिम खेलमा फिलिपिन्ससँग बराबरी भएको खेल पछि अनिलले आफ्नो एक दशक लामो अन्तराष्ट्रिय फुटबलबाट विदाई भएका हुन् ।
    आज भएको अन्तिम खेलमा ८१ औं मिनेटमा सुजल श्रेष्ठको ठाउमा अन्तिम पटक राष्ट्रिय टिमको जर्सी लगाएर मैदान प्रवेश गरेका थिए । सन् २००७ मा ओमानविरुद्ध विश्व कप छनोटको खेलमार्फत अनिलले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनी राष्ट्रिय टिमका पुर्व कप्तान सागर थापा निलम्बनमा परे देखि निरन्तर रुपमा नेपाली फुटबलको आर्मब्यान्ड लगाउदैँ आएका थिए । गुरुङले नेपाली राष्ट्रिय टिमबाट ५० खेल खेल्दै ९ गोल गरेका छन् ।

    १२४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad