BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गोलाप्रथाबाट कर्मचारी  छनोट

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    २९ कात्तिक, काठमाडौं आगामी मंसिर हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन गराउन मतदाता केन्द्रहरुका लागि गोलाप्रथाबाट कर्मचारी छनोट गरीएको छ । निर्देशन आयोगको निर्देश अनुसार मूख्य निर्वाचन अधिकृतले कार्यलय दोलखाले मंगलबार देखि गोलाप्रथाबाट कर्मभारी छनोट सुरु गरेको हो ।
    प्रतिनिधिसभा प्रदेशसभा सदस्या निर्वाचन (जनशक्ति व्यावस्थापन)निर्देशिका २०७४ बमोजिम मंसिर १० गत्ते हुने निर्वाचनमा दोलखा जिल्लामा १ हजार ५ सय १३ जना कर्मचारी खटिने छन । ति कर्मचारी गोलाप्रथा विधि प्रयोग गरी छनोट सुरु गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत कमलप्रसाद काफ्लले जानकारी दिए ।
    यस अघिका निर्वाचनमा कर्मचारी खटन मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफुखुसी गदै आएको थियो यसपालि पनि परम्परागत शैलीमा कर्मचारी खटाउने तगारी गरे ता पनि आयोगको निर्देशन पछि गोलाप्रथा सुरु गरिएको हो । मंगलबार मतदान केन्द्रमा जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको छनोट भएको सहायक निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । आजको कारोबार दैनिकबाट

    ३६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad