BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    ‘क्षमतावान युवालाई स्वदेशमै अवसर’

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    २९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा प्रवेश गरेका फोब्र्समा सूचिकृत अर्बपति नेपाली उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको चुनावी सभामा सक्रिय भएका छन । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला उम्मेदवार रहेको नवलपरासीमा आयोजना गरिएको चुनावी सभामा उनी मुख्य वक्ता हरेका हुन । चौधरीको े उद्योग रहेको पूवी नवलपरासीको विभिन्न चुनावी सभामा कांग्रेसले लिने आर्थिक एजेण्डाका बारेमा मतदातालाई प्रष्टपार्न चौधरीलाई मुख्य वक्ताका रुपमा अघि सारेको हो ।
    नवलपरासीका विभिन्न स्थानमा आयोजित चुनावी सभामा मंगलबार चौधरीले कांग्रेसले लिने आर्थिक एजेण्डाका बारेमा मतदातासमक्ष्ाँ पार्टीको भनाई राख्ने अवसर दिएर पार्टीले प्रयोग गरेको छ । मंगलकार विहान नवलपरासीको दलदलेमा आयोजित कांग्रेसको चुनावी सभामा बोल्दै चौधरीले लोकतन्त्रमा मात्र आर्थिक उन्नतीको सम्भावना रहेकाले लोकतन्त्रमा विश्वास गर्ने नेपालको पुरानो पार्टी नेपाली कांग्रेसलाई मत हाल्न मतदातालाई आह्वान गरे । आजको कारोबार दैनिकबाट

    २८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad