BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    डेनमार्कबाट ३० हजार टन नेपाली चियाको माग

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    tea-farm२९ कात्तिक, ताप्लेजुङ । गाउँमा हाते पत्तीको रुपमा चिनिने अर्थोडेक्स चियाको फाइदा स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुईमत छैन । मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छदैछ, यससँगै आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ । यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको आर्थोडेक्स चिया अन्तराष्ट्रिय बजारमा माग हुन थालेको छ ।
    ताप्लेजुङमा उत्पादित अर्थोडेक्स चिया परीक्षणका लागि बेलायत, इटाली, तथा डेनमार्क लगायतका देशमा पठाइएको थियो । परीक्षणका क्रममा गुणस्तरीय भेटिएपछि ठूलो परीणाममा यसको माग बढेको हो । डेनमार्ककका व्यवसायीले मात्र बार्षिक ३० हजार टन चियाको माग गरेका छुन् । तत्काल उक्त माग पूर्ति गर्ने गरी ताप्लेजुङमा अर्थोडेक्स चिया उत्पादन हुन सक्ने सम्भावना भने नरहेको चिया उत्पादकले बताएका छन् ।
    चिया उत्पादन हुन थालेपछि सुरुमा राम्रो प्रविधि एवं चियाको बजार व्यवस्थापन नहुँदा र उत्पादित चियाको गुणस्तर बुझ्न नसक्दा केही व्यवधान आएको थियो । तर, गुणस्तर मापन भइसकेपछि भने चिया खेतीतर्फ उत्साह र हौसला थपिएको पाथीभरा चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक विदुर भट्टराईले बताउनु भयो ।
    अहिले डेनमार्कका व्यवसायीबाट ठूलो परीणामको चियाको माग रहेको र चिया खेती विस्तारका लागि समेत सहयोग गरेपछि खेती विस्तारमा थप उत्साह थपिएको भट्टराईको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट

    ४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad