BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    चुनाव खर्च अझै अपुग

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    २९ कात्तिक, काठमाडौं । संघ र प्रदेशको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्ने सर्वोच्च अदालतको आदेश पछि चुनाव खर्च बढेको छ । मतपत्र छपाइ खर्च बढेपछि निर्वाचन आयेगका लागि छुट्याइएको १०अर्ब ५३ करोड रुपैयाँले खर्च नटर्ने देखिएको छ ।
    ख्र्च अपुग हुनेभएपछि आयोगले सरकारसँग थप २ अर्ब रुपैयाँ मागेको छ । आयोगका सहप्रवक्ता मुकुन्द शर्माले भने, ‘निर्वाचनका लागि १० अर्ब ५३ करोड रुपैयाँ निकासा भएको हो । अझै २ अर्ब रुपैयाँ नपुग्ने देखिएको छ । ’
    म्तपत्र फेरिदा पहिला छापिएका केही सामग्री खेर गए । सहायक प्रवक्ता शर्माले भने स्थानीय चुनावमा भन्दा अहिले खर्च बढको छ । त्यसैले विनियोजित बजेटले निर्वाचन खर्च धान्न सकेन ।
    यसअघि सम्पन्न तीन चरणका स्थानीय तह निर्वाचनमा आठ अबै पाँच करोड खर्च भएको थियो । मतपत्रका साथै निर्वाचन केन्द्रपिच्छे एक एक वटा मतपेटिका पनि थप्नुपर्ने छ । आजको अन्नपूर्ण दैनिकबाट

    २८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad