BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    परिचयपत्र हराएका मतदाता अलमलमा

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    election-field

    २९ कात्तिक, खोटाङ ।  फोटोसहितको मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न निर्वाचनमा मत हाल्न पाउने÷नपाउनेमा अलमलमा परेका छन् ।

    यसअघि लिएको मतदाता परिचयपत्र हराएका मतदाता आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सहभागी हुन पाउने÷नपाउनेमा अलमलिएका हुन् ।

    मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका मतदाताले आगामी निर्वाचनमा मत हाल्न पाउने÷नपाउने भन्ने विषयमा आयोगको आधिकारिक धारणा नआउँदा अन्योल छाएको स्थानीयले बताएका छन् । परिचयपत्र हराएका मतदाताको विषयमा आयोगको स्पष्ट धारणा नआएसम्म आफूसँग आधिकारिक जवाफ नभएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

    जिल्लामा आसन्न निर्वाचनमा मत हाल्ने मतदाता संख्या एकलाख २५ हजार १८३ रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश राजनीतिक दलले आगामी निर्वाचनमा भाग लिएका छन् ।

    २७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad