BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    हैदाराबादले थाल्यो भिखारीमुक्त सहर अभियानः भिखारी ल्याउनुस ५०० लैजानुस

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    photo

    २९ कात्तिक, एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी भारत भ्रमणमा आउने भएपछि भारतको हैदाराबाद पुलिसलाई यति बेला भ्याई नभ्याई छ । भिखारीहरुले आक्रान्त हैदारावादलाई यति बेला भिखारी मुक्त बनाउने अभियानमा सिंगो हैदारावाद सहर नै लागिपरेको छ ।
    भिखारीहरुले पैदल यात्री तथा हैदरावादवासी सम्पुर्णलाई आक्रान्त पारेको भन्दै २ महिनाको लागि भिखारीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यति बेला सहरका अधिकांश भिखारीलाई प्रहरीले पुर्नस्थापना केन्द्रमा लगेको छ । भिखारीहरुको पुर्नस्थापनाको लागि सरकारले भिखारी व्यवस्थापन केन्द्र नै खोलेर अभियान चलाएको छ ।

    photo

    यस्तै हैदाराबादमा भिखारी व्यवस्थापनको लागि नगरपालिकाले अर्को महत्वुपुर्ण कदम चालेके छ ।जसअनुसार जुनसुकै नागरिकले भिखारीको पहिचान गरर सम्बन्धीत निकायलाई बुझाएमा ५०० समेत ईनाम पाईने भएको छ ।
    भारतमा काम गर्न सक्ने हुदाँहुदै भिखारी बनेमा अपराध लाग्ने कानुन छ तर  कार्यन्वयन पक्ष भने एकदमै फितलो रहेको छ । संसारमा नै सबैभन्दा धेरै भिखारी रहेको देश भनेर परिचीत भारतले भिखारी मुक्त देश निर्माण गर्ने अभियान थालेको हो । भिखारीको पुर्नस्थापनाको लागि विभिन्न केन्द्रहरु तथा जेलमा समेत राखिने तयारीका साथ भिखारी मुक्त अभियानलाई तीब्रता दिन थालेको हो ।
    ईभांका ट्रम्प अर्को महिना भारत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

    beggerphoto6photo4photo3photo2

    ५७९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad