BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    अख्तियारले समात्यो अर्को ठुलो माछा, वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    pandey

    २९ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

    अख्तियारले मंगलबार राति विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

    उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी दियो ।

    वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको अख्तियारको अनुसन्धानबाट खुल्न आएको हो ।

    ५६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad