BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    आमा, तिम्रो छोरा यूरोप छिरेको छ

    प्रदीप अधिकारी (आक्रोश)कार्तिक ३०, २०७४

    pradip adhikari

    कच्याक-कूचुक्क परेको हरियो डाँडो फेदीको घर छोडेर,
    सम्म मा रमनकोलागी सहर झर्दा पनी,
    तिम्रो-मेरो आकांक्षाको भोको पेट नभरिएर,
    डलर बहादुरको सपनामा तिम्रो छोरा यूरोप छिरेको छ।

    तिमीले अनि मैले खानी, त्यो सगरमाथा शिरको पानी,
    जानी-नजानी नमिठो हुन्छ मलाई अनी तिमीलाई पनी,
    किनकी म तिम्रो छोरा, मेरो भाव बुझ्छेऊ,
    र त मेरो मिठो-नमिठोको पछी कुद्छेऊ !
    त्यो प्यास मेट्न तिम्रो छोरा अमेरिका छिरेको छ।

    पसीनाले पोसिएको त्यो तिम्रो खेत अनी करेसा बारी,
    गोठमा सजिएकी त्यो दुहुँनो माली गाई,
    म तिम्रो प्याओ समझञ्छु, र त घर-गोठ गनाउछ मलाई!
    त्यो गन्ध छल्न र आफु सो-मालिक बन्न,
    ईलेक्ट्रोनिक गोठ खोज्दै तिम्रो छोरा न्यूज़ीलैंड छिरेको छ ।

    म किन नछिर्नु त यूरोप, अमेरिका अनी अस्ट्रेलिया ???
    त्यो जाबो गैरी खेत अनी पाखो बारी त,
    नेप्टे दाजुले पनी कीनेको छ मलेसिया गएर !
    जाबो पक्की घर त साहिला दाईको छोराले,
    तरकारी-टमाटर उब्जाई-बेची बनाएको छ !
    म त मास्टर सकेको इंजीनियर, यूरोप नगई भो?

    तिमीले भोली-भोलीको आस मा आफ्नो सपना साच्यौ !
    तीन गाँस मा दुई गास मलाई, एक गाँस मा तिमी बाच्यौ !
    गाउँका हाकिम, मास्टर मा मलाई पाउन ऑट्यौ !
    र त म “वकील” भए
    तर समय फेरिएको छ आमा,
    म वकील भएर के गर्नु यहाँ, अब अमेरिका नगई भो?

    तिमीले भनथ्यौ ‘घर छेऊको मास्टरी जागीर खा बाबू’ भनेर,
    ए आमा, मास्टर नाथे त आजकल जो पनी छन,
    मुला बाईस-पच्चीस हजार कमाएर जीवन फाल्ने हो म?
    मास्टर्स डिग्री पढेको मान्छे म,
    नाथे मा॰ वी॰ मास्टर बनेर के गर्नु? अनी अस्ट्रेलिया नगई भो?

    तिमी चाहन्छौ तिम्रो छोरलाई दुख नहोस,
    र त म यहाँ आएँ, बिल्कुल सही आएँ आमा,
    सोच्छु आज के छ त्यहाँ भनेर…
    बिना-पानी, बिना-बिजुली, बिना-सड़क, बिना-सरकार…
    यहाँ चिल्लो सड़क अनी फोस्स्रो सरकार दुबै छन् आमा,
    बिहानिको ऊजेली मा जेलिएको जीवन छन् आमा !
    त्यही पाउन-रमाउन त तिम्रो छोरा पच्छिमी मुलुक छिरेको छ ।

    तिमीलाई यो पनी थाहा छ आमा, तिम्रो छोरा कत्तिको जांगरिलो छ भनेर!
    तर यो थाहा छैन तिमी-हामीलाई र जान्नु पनी छैन की,
    यहाँको चिल्लो सड़क, सू-सम्पन्न समाज कसले बनायो भनेर!
    किनकी हामीलाई आफ्नो बनाउनु छैन,
    त्यो केही नभएको ठाउँ मा रमाउनु छैन !
    हामी त राजनीतक व्यवसायीलाई  ठेकेदार समझन्छौं देश बनाउन !
    तेही भएर पनी मलाई केवल कमाउनु छ छिमेकीको मेख मार्न!
    नत्र म किन आऊथ्ये आमा यो हिऊको थुप्रोमा ।

    न झंझट छ बोक्न्लाई त्यो सर्टिफिकेटको यहाँ,
    चट्ट उठयो, झ्याप क्लीनिंग,
    टन्न खायो, झ्याम डिसवासिंग,
    पुराना मित्रले देखे-सेके कीचेन-हेल्पर,
    क्षेमताले पाए ड्राइविंग,
    भाग्गेले पाए सेल्स-म्यान…
    त्यो देशी धुलो मा इंटरव्यूको दुलो पस्नु भन्दा,
    डलर बहादुरको नाम मा भाड़ा धस्नु बेस आमा !
    त्यसैले त डिग्री सिरानी चेपी तिम्रो छोरा लण्डन छिरेको छ ।

    ब्यावसाएको आय-ब्याए मा आस नभएको छोरा होइन म,
    तर त्यो ‘आस’ थाल्ने धरौटी खोजदै बिस-पच्चीस लाख रोपेर,
    ईर्षीत समाज अगाडि भिसाको हरियो काडले बाउको टाऊकोको ऋण छोपेर…
    त्यो ‘आस’ पाल्ने समाजका कुंडले-मुंडलेलाई भत्ता खोज्न,
    बिरक्त राजनीति र अदृश्य सरकार बाट पर,
    पराईको शृष्ठी मा रमाउन, तिम्रो छोरा क्यानडा छिरेको छ ।

    याद आऊछ आमा,
    यो सेतो च्याधरले ढाकेको श्वोत बस्ती मा,
    तिम्रो काखको न्यानो पर-प्रहर याद आऊछ!
    पसीनाले भिजेको पटुकी पोल्टी मा घाँसको भारी संग,
    काँड़ाको जालो झेली मेरोलागी ल्याएको एैसेलुको याद आऊछ!
    त्यो तिम्रो आस मा सास थपे झै मैले “क” जान्दा,
    तिमीले फ़ुरुङ्ग हुदै पकाएको चाम्रे खाजाको याद आऊछ।

    मेरो सिरको रानी बनेको तिम्रो आकांक्षा र,
    मेरो मेहेनतले शृजीएका सर्टिफिकेट मा
    तिम्रो विजयी मुस्कान र उत्सव याद आऊछ!
    बारीको तरकारी खाइ, घर छेऊको सरकारी कमाइ,
    बिहान-बेलुका तिम्रो साथ रमाइ, बस्ने तिम्रो सपना याद आऊछ।

    तर चिन्ता नलेऊ आमा,
    तिम्रो छोरा विकसित मुलुक छिरेको छ!
    तिम्रो मेरो नभएनी ईर्षीत समाजकोलागी हाम्रो दिन फिरेको छ!
    तिमी रित्तों भाड़ों मा मेरो फैलिएको डाँडाको नाम सम्झदै दिन काट्नु !
    म त्यो गरीब राष्ट्रको हरियो पासपोर्टलाई रातो पार्ने आसामा दिन काट्छु !
    विश्वास छ मलाई तिमी तेंही रमने छौ, म यहाँ जमने छु।
    सके घुमाउने छु यो हिऊ देश, अनी फोटो खिचाउने छु,
    समुन्द्रको तट मा अनी ठूल-ठूलो बिल्डिंग को ओत मा !
    नत्र मलाई हरियो पहाड़ मन पर्न छोडेको छ !
    तिमी सकुन्जेल माली गाईको दूध खानु,
    असक्त मा पशुपति या देवघाट जानु !
    किनकी त्यहाँ तिमीले इश्वोर पाऊने छेऊ,
    मेरो सुखको कामना मा रमाउने छेऊ !
    फेरि पनी म फर्कीने आशा नलीनू, तिम्रो छोरा यूरोप छिरेको छ।

    हो आमा म फिर्ने आस नलीनू,
    किनकी ‘कुंठित म’ समाजलाइ देखाउन र आफ्नो भाग्गे लेखाउन,
    हरियो पासपोर्टलाई रातो रंगले ठाट जमाऊन,
    अमेरिका छिरेको छ।
    तिम्रो सपना र मेरो मेहेनतलाई तिलांजलि दिदै,
    नयाँ बाटो मा हिडेको छ, किनकी तिम्रो छोरा यूरोप छिरेको छ।

    १२८५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad