back

कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

वि.सं.२०७४ मंसिर २ शनिवार

342 

shares
NTC AD
Global IME AD

ramchandra

२ मंसिर, बेँसीशहर, लमजुङ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेसले आज बँेसीशहरमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्, काँग्रेस समस्या समाधान गर्छ, राणाशासन, पञ्चायती तानाशाही, जनयुद्ध र मधेश आन्दोलनको समाधान काँग्रेसले दिएको हो ।”

वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन गरी मुलुकको विकासका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । “हरेक विकासका सम्भावना बोकेको लमजुङले विकास गर्ने वातावरण पाउनुपर्छ,”– नेता पौडेलले भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको सरकारले मुलुकमा ठूलो विकास गरेको बताउनुभयो । “मोटरबाटो, मेडिकल कलेज, विश्वविद्यालय, खानेपानी, रोजगारीलगायतको विकास काँग्रेसले गरेको हो,”– उहाँले भन्नुभयो ।

काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका दिलबहादुर घर्तीले लमजुङको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले वाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भए पनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

प्रदेश (ख) का उम्मेदवार कृष्णप्रसाद कोइरालाले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । प्रदेश (क) का उम्मेदवार गर्जबहादुर गुरुङले लमजुङका जनताको विकास र समृद्धिका लागि काँग्रेसको जित आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वि.सं.२०७४ मंसिर २ शनिवार १४:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...