back

निजी क्षेत्रको प्रवद्र्धनमा केन्द्रित रहने गरी समझदारीमा हस्ताक्षर

वि.सं.२०७४ मंसिर ५ मंगलवार

291 

shares
NTC AD
Global IME AD

५ मंसिर, काठमाडाँै  । दिगो विकासका लक्ष्य हासिल गर्न मुलुकका आधा दर्जन संगठित संघसंस्थासँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकका रुपमा विकास गर्दै यहाँको आर्थिक एवम् सामाजिक विकासमा सघाउने उद्देश्यले युएनडिपीले आज यहाँ एक कार्यक्रम आयोजना गरी ती संस्थासँग समझदारी गरेको हो ।

युएनडिपीले नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, महिला उद्यमी महासंघ, होटल संघ नेपाल, राष्ट्रिय व्यावसायिक पहल र नेपाल बैंकर्स संघसँग दिगो विकास लक्ष्य हासिल, तिनको प्रवद्र्धन तथा निजी क्षेत्रको प्रवद्र्धनमा केन्द्रित रहेर सझदारी भएको छ ।

त्यस अवसरमा अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले निजी क्षेत्र आर्थिक समृद्धिको संवाहक भएकाले त्यसको प्रवद्र्धन गर्न सरकार क्रियाशील रहेको स्पष्ट गर्दै आवश्यक नीति तर्जुमा गरिएको बताउनुभयो ।

उहाँले निजी क्षेत्रको प्रवद्र्धनका निम्ति सरकारले सहजकर्ताको भूमिका निर्वाह गरेको बताउँदै निजी क्षेत्रलाई अधिकभन्दा अधिक सुविधा र सहुलियत दिन सरकारले कसर नराखेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुक संघीयतामा गइसकेपछि निजी क्षेत्रलाई आर्थिक गतिविधि सञ्चालन गर्न थप अवसर प्राप्त हुने विचार व्यक्त गर्दै चुनौतीलाई अवसरमा परिणत गर्ने बेला आएको छ ।”

वि.सं.२०७४ मंसिर ५ मंगलवार १४:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...