BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    डोल्पाको त्रिपुराकोटमा नमूना मतदान सम्पन्न, शतप्रतिशत मत सदर

    संसार न्यूज संवाददातामंसिर ७, २०७४

    ७ मंसिर , दुनै, डोल्पा  । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधिसभाको अन्तक्र्रियासहितको नमूना मतदान सम्पन्न भएको छ ।

    जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमूना मतदान कार्यक्रममा २६ जना मतदाताले नमूना मतदान कार्यमा सहभागिता जनाएका थिए ।

    मतदाता शिक्षाको प्रभावकारिता र मतदान गर्ने तरिकाबारे मतदाताले जानकारी गराउने उद्देश्यले भएको मतदान कार्य शतप्रतिशत सफल भएको निर्वाचन अधिकारी विक्रम गिरीले जानकारी दिनुभयो । १३ महिला र १३ पुरुष गरी २६ जना मतदाता मतदान कार्यमा सहभागी भएका थिए ।

    भौगालिक विकटता र दुर्गमताका कारण ढिलो गरी शुरु भएको मतदाता शिक्षा नमूनाका रुपमा गरिएको नमूना मतदान कार्यक्रममा भएको शतप्रतिशत सफलताले मतदाता शिक्षा प्रभावकारीरुपमा सञ्चालन भएको सन्देश जाने र यसले मंसिर १० को निर्वाचनमा हुने मतदान कार्यमा मत बदर हुने मतदाताको संख्या घट्दै जाने आशा लिएको निर्वाचन अधिकारीले बताउनुभयो ।

    जिल्लामै नमूनाको हिसाबमा गरिएको नमूना मतदानमा शतप्रतिशत सदर भएकाले वडा नं १ मा घरघरमा मतदाता शिक्षा दिन खटिनुभएकी लक्ष्मीकुमारी थापाले गरेको कामको समेत प्रशंसा गरिएको थियो । बिहीबार सदरमुकाम दुनै पनि नमूना मतदान कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    २६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad