back

सेतो पानी वग्ने समस्या छ भने यसो गर्नुस्

वि.सं.२०७४ मंसिर १२ मंगलवार

426 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

women1नेपालका अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याको सिकार छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । कतिपय महिला लाजका कारण यस्ता समस्याबारे खुल्दैनन् । जसकारण झन गम्भीर प्रकृतिका रोग लाग्न सक्छ । सेतो पानी बग्न थालेमा महिलाको योनिमा संक्रमण बढ्न थाल्छ । यस्तो समस्याको समयमै उपचार गरिएन भने पाठेघरको क्यान्सरसमेत हुन सक्छ । योनिबाट सेतो पानी बग्ने समस्याबारे यसो भन्छिन् वयोधा अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. आस्था श्रेष्ठ ।

सामान्यतया महिनावारी हुनुभन्दा पाँच दिनअघिदेखि महिनावारीपछिको १४ दिनसम्म धेरै पानी बग्न सक्छ । कहिलेकाहीँ महिलाको योनिबाट चिप्लो पानी पनि बग्न सक्छ । यस्तो पानीको गन्ध आएन भने यसलाई समस्याको रूपमा नलिँदा हुन्छ ।
तर, पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गनाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ ।

यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ । धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुन सक्छ । र, महिलामा सेतो पानी बग्ने समस्या सिर्जना हुन सक्छ । यौनसम्पर्कका कारण संक्रमण भएमा योनिबाट पिपजस्तो पदार्थ पनि बग्न सक्छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ ।

सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा सचेत हुनुपर्ने के छ भने कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन । साबुनले सफा गरेमा योनि सुक्खा हुन्छ र चिलाउने समस्या हुन्छ । अनि, सेतो पानी बग्न थाल्छ । नयाँपत्रिकाबाट

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०२:३२ मा प्रकाशित

NABIL bank AD
बागलुङ बस दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह

बागलुङ बस दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको...