BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    घले भन्थेँ ‘भवन बनाइदिउँ’ !

    संसार न्यूज संवाददातामंसिर १२, २०७४

    karke-najar-new‘घले भवन’को कुरा गर्दा आदरणीय पाठकबृन्दलाई अचम्म पनि लाग्न सक्ला । तर घले भवनको अर्थ अनामनगरमा गाईगोठसहितकी सुश्री भद्राकुमारी घलेको भवन भनेको होइन् । न त अष्ट्रेलियामा रहेको जमुना घलेको भवनलाई नै भन्न खोजिएको हो । त्यसो त गैरआवासीय नेपाली संघको बालुवाटारस्थित भवनलाई पनि जोड्न खोजिएको होइन ।
    लाप्राक पुनर्निर्माण र बस्ति परियोजनालाई पनि कसैकसैले घले भवन भन्दा रहेछन्, पाठकबृन्द । बिचरा घले दम्पत्तीले उडाउनु उडाए पैसा पनि । प्राविधिकहरूलाई हेलिकप्टरमा लिएर घले आफैँ जाने गरेको र गोजीको पैसो तिर्ने गरेको समाचार पनि आएकै हुन् पाठकबृन्द ।
    तर अहिलेको घले भवन भनेको घलेको थेगो र परिणामसँग जोडिएको छ । त्यो परीणाम पनि आठौं विश्व सम्मेलनको चुनाव पछाडिको परिणाम हो पाठकबृन्द । जहाँ पुग्यो त्यहाँ उनले ‘भवन बनाउने !’ भन्दै हिडिरहेकै हुन् । नभन्दै उनले चुनाव पछाडि भवन बनाइदिएका छन् । ४ वर्षे कार्जेकालपछि जुमनाको नाउँमा बाँकी धोको पुरा गर्न चाहेका घलेले भवन भट्टलाई अध्यक्ष नै बनाउन चाहेका भने थिएनन् । त्यस्तो चाहेको भए ५ मिनेट बाँकी हुँदा बुढी बोकेर उनी किन जान्थे र ? एक तिहाई भोटको आँकलन गरेको भए दरखास्त दस्तुर नै किन तिर्थे र ? आखिर घले सद्भावी मुन्छे न हुन् भवन बनाउँछु भन्दा भन्दै भवनलाई नै अध्यक्षमा निर्वाचित गराए ।

    ६१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad