BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    ज्योतिषीय आँखामा वाम गठबन्धन

    ज्यो. दीपक सुवेदीमंसिर १२, २०७४

    deepak subedi

    bam-ghathabandhan

    झट्ट हेर्दा गठबन्धनको समयमा उदाएको लग्नकुण्डलीमा ग्रह उपर्युक्त स्थितिमा देखिन्छन् र पनि सूक्ष्म दृष्टिगोचर गर्दा लक्षित दिशातर्फ मिसन अघि बढ्न कठिन र केही अनपेक्षित पनि देखिन्छ तर राष्ट्र र जनताको लागि हितकर परिणाम भने मिल्नेछ । यसमा नागरिकको ध्यानाकर्षण बढ्नेछ । सम्बन्धित पक्षका विद्वान पंक्तिलाई भने पन्छाउने ग्रहको असर देखिन्छ । यस्तोमा सम्बन्धितहरूमा सैद्धान्तिक एवम् नीतिगत दृढता झन बढेर आउनु पर्नेमा त्यसो नभएर सैद्धान्तिक एवम् नीतिगत आस्थामा ह्रास आउने लक्षणलाई ग्रहले अल्लि जोडको साथमा लक्षित गरिरहेका छन्, जसप्रति नेतृत्व पंक्ति चनाखो हुनपर्ने देखिन्छ ।

     नेपालका वामघटकहरूले २०७४ आश्विन १७ गते साँझ १७ः३० बजे आफूहरू गठबन्धित भएको घोषणा गरे । आसन्न निर्वाचनको चुनाबी मैदानमा गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका छन् । जुन गठबन्धनले यतिबेला नेपालीको मात्रै नभएर विदेशीहरूको पनि ध्यान तानेको देखिन्छ ।

    कुनै पनि पार्टीको सरकार बनाउन बहुमत नपुग्ने र सरकार बनाउन अर्को पार्टीको समर्थन लिनुपर्ने साथै सरकार बनाए पनि समर्थन फिर्ता लिएको खण्डमा अल्पमतमा पर्ने तथा छोटो छोटो समयमा सत्ता परिवर्तन भइरहने राजनीतिक अस्थिरताले देशको विकास कार्य प्रभावित हुने दशाबाट ग्रसित रहँदै आएकोमा यो गठबन्धनले अबका दिनमा स्थिर सरकारको निर्माण गर्न मद्दत होला कि भन्ने आशा गर्न सकिन्छ ।

    राजनीतिक अभ्यास हुँदै जाँदा देशमा धेरै पार्टी रहनुभन्दा सिद्धान्तका आधारमा दुईचारवटा राजनीतिक दलको प्रतिस्पर्धा हुनु वैज्ञानिक र व्यवहारिक हुने गरेको विश्वको राजनीतिक मानचित्रले देखाएको कुरा हो । यस अर्थमा अबका दिनमा नेपालमा पनि सयौं पार्टी नभएर निश्चित निश्चित सिद्धान्त विशेषका पार्टीहरू एकिकरण हुँदै संयुक्तिकरण हुनु उचित हुन्छ ।

    यतिबेला भएको वाम गठबन्धनको भित्री रहस्य भित्र बाहिर जे होला त्यो आफ्नो रहस्य तथा भविष्य एवम् भाग्यको भित्री गर्भमा छ । त्यो हुँदाहुँदै पनि यो गठबन्धन कति समय टिक्ला ? वा नटिक्ला ? भन्ने जिज्ञाशा आम सर्वसाधारणहरूको मनमा उठिरहेको कुरा हो । अन्य तर्कहरूलाई यथास्थानमा राखेर हेर्दा पनि नेपालको राजनीतिक फाँटमा यसले प्रकारान्तरले सकारात्मक र उपलब्धिमूलक सन्देश छाड्नु पर्छ ।

    ग्रहको अध्ययनबाट यसमा पश्चिमी राष्ट्रहरूको बढी चासो रहने देखिन्छ । यो चासोबाट श्रृजित स्थितिले गठबन्धनलाई तत्काललाई सहज भएपनि कालान्तरमा गाह्रो पनि पर्नसक्ने छ । उत्तरले यसमा प्रत्यक्षरुपमा आफ्नो वास्ता नदेखाउन सक्ने सम्भावना देखिन्छ । तर वास्ता देखिएमा त्यसले सपोट गर्नेछ । दक्षिणको ध्यानाकर्षण गम्भीररुपमा रहनेछ र गठनबन्धन पनि गम्भीर नै हुन जरुरी देखिन्छ ।

    यहाँ आम जिज्ञाशाको बारेमा ज्योतिषीय दृष्टिबाट वाम गठबन्धनको बारेमा केही विवेचना गर्न खोजिएको छ । वाम गठबन्धनको समयमा नेपाली आकाशको क्षितिजमा मीन लग्न उदाइरहेको देखिन्छ । लग्नेश अष्टम् । चन्द्रमा द्वादश तर गुरुदृष्टि युक्त । षष्ठेशको चतुर्थेश तथा सप्तमेशसँग युक्ति । द्वितीयेश तथा भाग्येशसँग अष्टमेश तथा तृतीयेशको युक्ति । विशेष गरी यी योगहरू महत्त्वपूर्ण भूमिकामा रहेका छन् । अन्य पक्षमा जस्तै नवौंमा बृश्चिक राशिको शनि, पञ्चमस्थानमा कर्कटको राहुले पनि तात्त्विक अर्थ राख्ने देखिन्छ ।

    झट्ट हेर्दा गठबन्धनको समयमा उदाएको लग्नकुण्डलीमा ग्रह उपर्युक्त स्थितिमा देखिन्छन् र पनि सूक्ष्म दृष्टिगोचर गर्दा लक्षित दिशातर्फ मिसन अघि बढ्न कठिन र केही अनपेक्षित पनि देखिन्छ तर राष्ट्र र जनताको लागि हितकर परिणाम भने मिल्नेछ । यसमा नागरिकको ध्यानाकर्षण बढ्नेछ । सम्बन्धित पक्षका विद्वान पंक्तिलाई भने पन्छाउने ग्रहको असर देखिन्छ । यस्तोमा सम्बन्धितहरूमा सैद्धान्तिक एवम् नीतिगत दृढता झन बढेर आउनु पर्नेमा त्यसो नभएर सैद्धान्तिक एवम् नीतिगत आस्थामा ह्रास आउने लक्षणलाई ग्रहले अल्लि जोडको साथमा लक्षित गरिरहेका छन्, जसप्रति नेतृत्व पंक्ति चनाखो हुनपर्ने देखिन्छ ।

    गठबन्धनलाई बाह्यभन्दा पनि आन्तरिक द्वन्द उत्पन्न हुन नदिने र आपसी विश्वासलाई टिकाइ राख्ने कार्यमा उचित व्यवस्था मिलाउनु बुद्धिमानी हुनेछ । हौंस्याहटलाई संयम गरी आन्तरिक शक्ति सम्पादन गर्न सकेमात्रै अभिष्ट उद्देश्य प्राप्तितर्फ सफलता मिल्नेछ । भौतिकवादलाई प्रार्थमिकता दिने राजनीतिक सिद्धान्तहरूको यो गठबन्धनलाई मीन अथवा गुरु बृहस्पति जसलाई धर्म अध्यात्मको कारक ग्रह मानिन्छ र जुन ग्रह अष्टम्मा गएको छ ले जति साथ दिनुपर्ने हो त्यति दिएको छैन । फलस्वरुप यो पक्षको समन्वयको अभाव खट्किने छ । यसले सिधारुपमा धर्म अध्यात्मको मात्रै बारेमा लक्षित नगरेर मिसन एवम् राजनीतिक सिद्धान्तप्रतिको आस्था, मार्गदर्शक, अग्रज आदि श्रद्धा र मान राख्न तथा गर्न पर्ने समग्र पक्ष यसबाट प्रभावित हुने देखिन्छ जसको बारेमा समयमै सोचे बुद्धिमानी हुनेछ । केही आकस्मिक अविश्वास तथा विश्वासघात, आत्मघात र दुर्घटनात्मक परिस्थितिलाई पनि ग्रहावस्थाले संकेत गरेको छ ।

    शत्रु तथा विपक्षिका उपर केही ग्रह आक्रामक देखिएका पनि छन् । त्यसमा पनि अन्य ग्रहले ‘अरु खाईस बुद्धि आफू खाई रीस’ भनेजस्तै ‘रोल प्ले’ गर्न सक्ने भएकोले यो पक्षलाई पनि बुझ्नसक्नु पर्नेछ । ग्रहको अध्ययनबाट यसमा पश्चिमी राष्ट्रहरूको बढी चासो रहने देखिन्छ । यो चासोबाट श्रृजित स्थितिले गठबन्धनलाई तत्काललाई सहज भएपनि कालान्तरमा गाह्रो पनि पर्नसक्ने छ । उत्तरले यसमा प्रत्यक्षरुपमा आफ्नो वास्ता नदेखाउन सक्ने सम्भावना देखिन्छ । तर वास्ता देखिएमा त्यसले सपोट गर्नेछ । दक्षिणको ध्यानाकर्षण गम्भीररुपमा रहनेछ र गठनबन्धन पनि गम्भीर नै हुन जरुरी देखिन्छ ।

    यसपूर्व पनि केही राष्ट्रिय मामलाका र राजनीतिक भविष्यवाणी गरिसकेको र चुनाव आइरहेको अवस्था समेत भएकोले त्यसलाई समेत ध्यानमा राखेर राजनीतिक फर्कास्टिङ्ग नगर्ने विचार थियो । तर अनुरोध नकार्न नसकेर यहाँ सांकेतिक रुपमा र संक्षेपमा वाम गठबन्धनको बारेमा ज्योतिषीय विवेचना गरेको छु । सूक्ष्म रुपले मनन् गरिदिनु हुन सबै पाठक वर्गमा अनुरोध छ । अस्तु ।

    https://www.facebook.com/jyotishdeepakguru

    प्रस्ततु लेख ऐक्यबद्धता मासिकको मंसिर अंकमा पनि पढ्न सकिन्छ । 

    १५०३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad