BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    अब यस्ता साथीलाई फेसबुकबाट बाई–बाई गर्नुस्

    संसार न्यूज संवाददातामंसिर १४, २०७४

    bye-byeफेसबुक मानव समुदायका लागि सञ्जालमा जोडिन र सूचना आदान-प्रदान गर्न अत्यन्त उपयोगी बनेको छ । फेसबुकप्रति मान्छेको रुचि कति बढेको छ भने कति मान्छे बरु खाना नखाइ बस्न सक्छु भनेर निर्णय गर्न तयार हुन्छ तर, सञ्जालबाट भने टाढा रहन सक्तैन् ।

    फेसबुक जसले जतिबेला जसलाई साथी बनाउँछु भनेपनि सहज माध्यम बनेको छ । कतिपयका वर्षौ हराएका साथी, परिवार फेसबुककै माध्यमबाट भेटिएका छन् भने फेसबुककै कारण धेरैका घर परिवार र व्यक्तिगत जीवन पनि तहस नहस भएका उदाहरणहरू पनि प्रशस्त छन् । त्यसैले फेसबुकमा साथी छनौट गर्दा विचार पु¥याउनु पर्दछ । यस्ता किसीमका साथीहरूलाई अनफ्रेन्ड गर्नु नै राम्रो मानिन्छ ।
    विनाकारण बहस गर्ने –विचार आदान प्रदान गर्नु तथा आफ्नो विचार राख्नु कुनै नराम्रो होइन् । तर फेसबुकमा कतिपय यस्ता साथीहरू पनि हुन्छन् जो सानो सानो कुरामा ठूला बहस गर्न खोज्छन् । सामाजिक साइटमा राजनीति, धर्म लगायतका अति संवेदनशील कुरामा बहस गर्न चाहने र अप्रिय भाषा प्रयोग गर्ने, गालीगलौजमा उत्रने त्यस्ता व्यक्तिहरूलाई साथीको लिस्टबाट हटाउँदा नै तपाईलाई फाइदा हुनेछ ।
    चाहिने भन्दा बढी आफ्नै वर्णन- फेसबुकमा तपाईका कतिपय यस्ता साथी पनि छन् होला जो चाहिने भन्दा बढी देखावटीका रुपमा प्रस्तुत हुन्छन् । उनीहरू आफ्नो राम्रो कपडा (ड्रेस) देखि ट्वाइलेट सम्मका कुराहरूको वर्णन गर्न पछि पर्दैनन् । उनीहरूको सोच हुन्छ की आफ्नो साथीहरूका बीचमा उनीहरू भन्दा राम्रो कसरी देखिने ! यस्ता साथीलाई फ्रेन्डलिस्टबाटै हटाउनु राम्रो ।
    पुरानो प्रेमी साथी हु“दैन– आफ्नो पुरानो प्रेमिलाई आफ्नो लिस्टमा हटाउनु नै राम्रो हुन्छ । सम्बन्ध टुटिसकेको प्रेमि पुनः साथीको रुपमा रहन्छ भन्ने कुरा विरोधाभास मानिन्छ । यसकारण तपाई पुराना प्रेमिलाई डिलिट गरिदिनुस् र पुरानो सम्झना आफ्नो लिस्टबाट हटाउनुनै उत्तम हुन्छ । तपाईको पुरानो साथीसँग आमना सामना भइरह्यो भने तपाई बितेका दिनहरूको सम्झनाले दुःखी हुने हुँदा वर्तमानमा खुसी रहन सक्नुहुन्न ।

    ८६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad