BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    तुलनात्मक विवेक र भोटको सदुपयोग

    नीलकण्ठ तिवारीमंसिर १४, २०७४

    tiwari-nilkantha
    २०४८ पछि खुल्ला बजार अर्थतन्त्रको नाउँमा राष्ट्रको सम्पत्ति कौडीको मोलमा विक्रि गरेको पश्चाताप कांग्रेसले प्रष्ट रुपमा अझै गरेको छैन । आफू सत्तामा रहँदा प्रजातन्त्र रहेको ठान्ने, बाहिरीदा गुमेको ठान्ने कांग्रेसले आफूलाई लोकतन्त्रको पिता बताएपनि लोकतान्त्रिक संस्कार, संस्कृति र सभ्यता व्यवस्थापन गर्न सधै चुक्दै आएको छ ।

    संघ तथा प्रदेशका लागी पहिलो चरणको निर्वाचन भए लगतै मुलुक दास्रो चरणमा होमीइसकेको छ । ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्दै दल र व्यक्ति नरुचाउनेको सानो संख्या भएपनि देशको बहुसंख्यक नागरिक चुनावी अभियानमा सामेल हुने संकेत प्राप्त भैसकेको छ ।

    मत वा भोट भनेको सामान्य विषय होइन । मानव सभ्यता व्यवस्थापनका लागि विधि र नेतृत्व तय गर्ने प्रक्रिया हो । गरिबी र अशिक्षाका कारण भोटको महत्व सहि रुपमा संप्रेषित हुन सकेको छैन । अझै वर्तमान निर्वाचनको बेथिति र पैसा नभए आट्न नसकिने परिस्थितिले निर्वाचनको महत्व र गरीमालाई ओझेलमा पार्ने गरेको छ । यति हुँदा हुँदै पनि मुलुक र नागरिक सबै निर्वाचनमय भैसकेकाले दोस्रो चरणमा अब अन्तिम विवेकको विषयले प्रवेश पाएको छ । यतिबेलाको अन्तिम विवेक भनेको हामी नेपालीले भोट केका लागि खसाल्दैछौं भन्ने विषयसँग सिधा जोडिएको छ ।

    दक्षिण र उत्तरका दुई ठूला देशको हाराहारीमै राजनैतिक परिवर्तन संस्थागत गर्दै अघि बढ्न खोजेको हाम्रो देशले विकास र समृद्धिमा परिवर्तनको वहाव ल्याउन सकेन । यसको मुल कारण विकास र समृद्धिको प्रश्नमा नीति र नेतृत्व सिधा जोडिएको हुन्छ । विंस २००७ सालमा हामी राणा शासनको अन्त्य गरी बहुदलिय व्यवस्थातर्फ उन्मुख भएपनि नेतृत्वको मानसिकता, सामाजिक र सांस्कृतिक सम्बन्धका कारण मुलुकले प्रगतिशील पूँजीवादको बाटो सहिरुपमा पक्रन सकेन । समाजवादी चिन्तनका विपी कोइरालालाई नेपाली जनताले स्पष्ट बहुमत दिए तर ढुलुमुले स्वभावको तत्कालिन नेपाली कांग्रेसको धेरै सदस्य पंचायततर्फ लहसिए । यस विचमा विकासका लागि पंचवर्षिय योजना पनि शुरु त भए तर आत्मनिर्भर र स्वाधीन विकासको मार्ग बनाइएन । दातामुखी परनिर्भर अर्थतन्त्रमा रमाउँदै सत्ताको स्वाद लिइरहने संस्कृतिको विकास भयो ।

    भोट भनेको विवेक हो त्यसैले नेपालका राजनैतिक दलहरुको इमान्दारिता, निष्ठा, प्रतिवद्धता र व्यवहारिक कार्यान्वयनको सहि विश्लेषण यतिबेला गरीनुपर्छ । नेपाली कांग्रेसले २००७ सालपछि धेरै अवसर प्राप्त ग¥यो । २०१५, २०४८ र २०५६ मा त बहुमतको सरकार बनाउने सुविधा पायो । २०१७ मा बहुमत सदस्यले प्रतिगमनमा बत्ति बालेको, २०४८ मा सत्ता बाँडफाडको असन्तुष्टिका कारण ३६ से र ७४ रे को तीतो इतिहास भोग्दै गणेशमान र अन्तत भट्टराई समेत बाहिरीनु परेको तथा २०५६ को बहुमत पछि २०५८ मा आइपुग्दा संकटकाल हुँदै कांग्रेसकै हातबाट राजालाई सत्ता बुझाएको घटना कसैले छिपाएर छिप्दैन । २०४८ पछि खुल्ला बजार अर्थतन्त्रको नाउँमा राष्ट्रको सम्पत्ति कौडीको मोलमा विक्रि गरेको पश्चाताप कांग्रेसले प्रष्ट रुपमा अझै गरेको छैन । आफू सत्तामा रहँदा प्रजातन्त्र रहेको ठान्ने, बाहिरीदा गुमेको ठान्ने कांग्रेसले आफूलाई लोकतन्त्रको पिता बताएपनि लोकतान्त्रिक संस्कार, संस्कृति र सभ्यता व्यवस्थापन गर्न सधै चुक्दै आएको छ ।

    article-in-nayapatrika

    विंस २०४८ देखि २०५६ सम्म आइपुग्दा राष्ट्रिय उद्योगको संख्या १८ प्रतिशतले घट्नुमा को जिम्मेवार छ ? बासबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, हरिसिद्धी इटाटायल कारखाना लगायतका दर्जनौं उद्योगहरुलाई कसले निल्यो ? त्यो प्रष्टै छ । 

    नेपालमा बामपंथी पार्टी मुख्यत नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेको छुट्टाछुट्टै र संयोगवसका व्यवहारिक प्रयोग एवं सहकार्यबाट अनेकौ श्रृखंलाको परिणाम स्वरुप अर्थात शसस्त्र संघर्ष, संसदीय संघर्ष र सडक संघर्षका धेरै मिहीनेतका कारण मुलुकले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । व्यवस्थाभित्रको विकृति र विसंगतिका कारण वाम आन्दोलन भित्रका पात्रहरु प्नि जनअपेक्षाअनुसार चल्न नसकेको कुरो स्विकार्नुपर्दछ । तर, ६० वर्ष नाघेकालाई कम्युनिष्टहरुले गोली हिर्काएर मार्छन भनेर कोकोहोलो मच्याउनेहरुलाई २०५१ सालमा अल्पमतको सरकार चलाउने तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले व्यवहारमै जवाफ दिएका थिए, बृद्ध भत्ता शुरु गरेर । अन्य सामाजिक सुरक्षाका बिषय तथा नौ स अभियान र आफ्नो गाउँ आफै बनाउँ जस्ता कार्यक्रम अघि सारेर उनले वामपन्थी शक्ति देश र जनताप्रति इमान्दार छ भनेर व्यवहारमै जचाएका हुन् । त्यसैगरी वर्गसंघर्षको स्वरुप विकास गर्दै र संसारै हल्लाउने जनयुद्धमार्फत नेपाली सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्रको अन्त गराउने प्रमुख शक्ति माओवादीले २०६५ को संयुक्त सरकारमार्फत मुख्यत शान्ति प्रक्रिया टुंगोमा पु¥याउने जोड गरेकै बेलो घेरावंदी सहनुप¥यो । त्यस लगत्तैको वाम नेतृत्वका सरकारहरुबाट जनता र देशको हितमा भएका सकारात्मक कामका अलावा ओली नेतृत्वको सरकारले आत्मनिर्भरता र स्वाधीनतालाई गरेको प्रतिबद्धता एवं प्रचण्ड नेतृत्वको दोश्रो सरकारले हटाएको लोडसेडिङ तथा विकास परियोजनाहरुमा तिब्रता र शु–सासन कसैले छेकेर नछेकिने भएको छ ।

    विंस २०४८ देखि २०५६ सम्म आइपुग्दा राष्ट्रिय उद्योगको संख्या १८ प्रतिशतले घट्नुमा को जिम्मेवार छ ? बासबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, हरिसिद्धी इटाटायल कारखाना लगायतका दर्जनौं उद्योगहरुलाई कसले निल्यो ? त्यो प्रष्टै छ । दलले बहुमत पाउँदा पाउँदै पनि गुट–उपगुट र अस्थिरताको चुली बढाउन जिम्मेवार को छ ? गरिवी, उत्पीडन र पराधिनताबाट मुक्त भएर समाजवादको अनुभुति गर्न आतुर जनतालाई कसले ढाटिरहेको छ ? कुर्सी र सत्ताका लागि र्निलिप्त भएर यति सानो देशमा साठीको संख्यामा मन्त्री बनाउने काम कसले गरिरहेको छ ? यो प्रष्टै छ की नेपाली कांग्रेस आफ्नो राष्ट्रियता– प्रजातन्त्र (लोकतन्त्र) र समाजवादको निष्ठामा टिक्न सकिरहेको छैन । पुरानो पार्टी त हो तर यसले आफ्नो स्वत्व, निष्ठा र आर्दश त्याग्दै गैरहेको प्रष्टै छ ।

    कांग्रेस पुरै नराम्रो र बामपन्थि पुरै राम्रा भन्न नसकिएपनि तुलनात्मक रुपमा नेपाली माटाको मायो र राष्ट्रियताको पहरेदार तथा मुलुकप्रति जिम्मेवार शक्ति वामपंथीनै भएकोले यतिबेला नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले सहितको वामगठबन्धनलाई मत दिनु नै देशको हीतमा उभिनु र माटोलाई न्याय गर्नु हुनेछ ।

    कांग्रेसले सल्काएको विकृति, विसंगति र मूल्यहिनताको प्रभावबाट वामपन्थी शक्ति मुक्त छन भन्न त सकिँदैन तर व्यवहारिक प्रयोगका अनेकौं कठिन श्रृखंला पार गर्दै लोकतान्त्रिक गणतन्त्र र समाजबाद उन्मुख राज्यव्यवस्थामा देशलाई ल्याउने शक्ति नै यहि हो । सामाजिक न्याय, धर्मनिरपेक्षता, र समानुपातिक समावेशिताको जगमा मजदुर, किसान, श्रमजीवि, दलित, महिला, जनजाति, मधेसी, थारु, मुस्लिम, उत्पीडित समुह र पिछडिएको क्षेत्रका जनतालाई कानुनी सम्बोधन गराउने काम वामपन्थीले नै गरेको हो । माटोलाई माया गर्नेे संस्कृति थोरै बढी भएपनि वामपन्थीसँग नै देखिन्छ । जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको महत्व बुझ्ने र ठिक ढङगले उपयोग गर्न प्रयत्न गर्ने काममा तुलनात्मक रुपमा वामपंथी नै अगाडि देखिन्छन् । राष्ट्रियता, स्वाधिनता र आत्मनिर्भरतालाई ख्याल गर्न वामपन्थीको नै बढि अग्रसरता पाइन्छ । सस्तो दाममा विदेशिनु परेको बलिया हात पाखुरालाई नेपालमा भित्राउन वामपंथी नै चिन्तित देखिन्छन् । पारस्पारिक लाभ र हीतको आधारमा सन्तुलित विदेश नीति बनाउनुपर्छ भन्ने जोड वामपंथीहरुले नै राखेका छन् । व्यक्ति, पात्र र प्रवृत्ति जोडिएर देशघात नगर्ने अडानमा यहि सक्ति छ र तुलनात्मक दृढ पनि ।

    नेपाली जनता अहिले संसारकै विकसित र समृद्ध देशका नागरिक जस्तै प्रविधिमैत्री भएकाले सुख र समृद्धिको चाहना पनि उहि रुपमा राखेका छन् । तर, देशको विकासको गति निकै पछौटे छ । विजुली जन्मिएको १०८ वर्षमा ९ सय मेगावाट उत्पादन हुन नसक्नु र जलश्रोतको धनी देश भनेर भाषण बजाइरहनु हाम्रो नियति बनेको छ । यो कछुवा गतिको विकासलाई बुलेट ट्रेनको रुपमा परिकल्पना गर्ने नेपाली मस्तिष्कलाई सम्बोधन गर्न सक्ने तागत वामपंथीहरुसँग नै बढी छ ।

    प्राप्त उपलब्धिको जर्गेना गर्दै संविधानको अग्रगामी कार्यान्वयन भएको देख्न चाहाने, बहुमत प्राप्त स्थिर सरकारबाट विकासको गति हुइकिएको देख्न चाहाने अनियमितता, भ्रष्टाचार, कुशासन र बेथितिको विकल्पमा स्वच्छ, निष्पक्ष, जवाफदेही, भ्रष्टाचारमुक्त र शुसासनका मान्यतामा आधारीत पारदर्शी प्रणाली स्थापना गर्न चाहने, गरिवी, वेरोजगारी र असमानता हटाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी सहित सुनिश्चितता भएको देख्न चाहाने, उत्पादनमार्फत आत्मनिर्भरता र आत्मनिर्भरतामार्फत स्वाधिनता एवं स्वाधीनता सहितको समृद्धिमार्फत समाजवादको अनुभुति गर्न चाहाने र आर्थिक समानता सहितको सामाजिक न्याय वहाली भएको देख्न चाहाने परिवर्तनप्रेमी नेपालीहरु आफ्नो मतको विवेकी प्रयोग गर्न आतुर देखिएका छन् । सत्ता कब्जा र अधिनायकवादको बासी कोकोहोलो सबैका कानबाट आउटडेटेड भइसकेको छ । नेपाली कांग्रेस आफै कति लोकतान्त्रिक छ भन्ने हेर्न धेरै पर पुग्नै पर्दैन । एमालेसंग सहकार्य बढाउदासाथ माओबादी मन्त्रिहरुलाइ बिना बिभागीय बनाएकै त छ ।

    यतिबेला मतको विवेकी प्रयोग भनेको खुलेको असत्यका विकल्पमा उद्घाटित सत्यलाई स्थापित गर्ने हो । कांग्रेस पुरै नराम्रो र बामपन्थि पुरै राम्रा भन्न नसकिएपनि तुलनात्मक रुपमा नेपाली माटाको मायो र राष्ट्रियताको पहरेदार तथा मुलुकप्रति जिम्मेवार शक्ति वामपंथीनै भएकोले यतिबेला नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले सहितको वामगठबन्धनलाई मत दिनु नै देशको हीतमा उभिनु र माटोलाई न्याय गर्नु हुनेछ ।

    (लेखक नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका उपाध्यक्ष हुन ।)

    तुलनात्मक विवेक र भोटको सदुपयोग

    ८१२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad