back

अनेकस पोल्यायाण्डको आयोजनामा ‘म यस्तो गीत गाउँछु’ को प्रदर्शन

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

372 

shares
NTC AD
Global IME AD

poland1अन्तराष्ट्रिय कलाकार समाज पोल्याण्डको आयोजनामा  ‘म यस्तो गीत गाउँछु’ को प्रदर्शन गरिएको छ ।

पोल्याण्डको वार्सामा २६ नोभेम्बरका दिन चलचित्र निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको उपस्थितिमा ‘म यस्तो गीत गाउँछु’ को प्रदर्शन गरिएको हो ।

राजधानी सहरको मल्टिपेलेक्स किनो एट्लाण्टिक मा रातको १०.३० बजे प्रदर्शन गरिएको चलचित्रले हाल सम्मको पोल्याण्डको रेकर्ड तोड्न सफल भएको छ । निर्देशक थापा र नायिका शर्माको उपस्थितिले हलमा अझ बढी उत्साह ल्याएको थियो । जब-जब स्क्रिनमा पुजा शर्मा देखिन्थिन् तब तब हलमा बजेको तालि र सिठीले स्पष्ट देखिन्थ्यो ।

आफ्नो ११ वर्षा देखिको पोल्याण्ड बसाईमा यति खचाखच दर्शकको उपस्थिति कहिल्यै नदेखेको साथै यत्तिको सफल चलचित्र हेर्न नपाएको ईनास पोल्याण्डका अध्यक्ष श्री कृष्ण न्यौपानेले जानकारी दिएका थिए । ,चलचित्र हेर्न आउँदा आफूले गरेको अपेक्षा भन्दा धेरै स्तरिय चलचित्र बनेको दर्शकहरुको प्रतिक्रिया थियो ।

poland3चलचित्र प्रदर्शन पछि संक्षिप्त प्रतिक्रिया दिदै निर्माता एबम नायिका शर्माले भनिन् ‘म पोल्याण्डका लागि आउदै गर्दा उत्साह भन्दा पनि देश छोड्नु पिडा थियो तर, आज पोल्याण्डमा कलाप्रेमी साथिहरु र दर्शकको जुन मायाँ पाए त्यसले मलाई आफ्नो पेशामा अझ बढि सक्रिय हुने प्रेरणा दिएको छ । साच्ची भनु भने फेरी पोल्याण्ड आउने दिनको कल्पना गर्न थालेकी छु ।’

त्यसैगरि निर्माता एबम निर्देशक सुदर्शन थापाले भने ‘यति थोरै नेपालीहरु भएको र बिगतमा गरिएका कार्यक्रमहरु भन्दा यो धेरै सफल भएकोमा आयोजक एवं सहयोगी साथै हरुमा धेरै धेरै धन्यबाद, हाम्रो युरोप यात्राको सुरुवात हामीले सोचे भन्दा सफल भएको मैले ठानेको छु । नेपाली चलचित्रको प्रबद्र्धनका लागि साथीहरुले जुन तत्परता देखाउनु भयो, त्यसको लागि आभार ब्यक्त गर्दै भविष्यमा अझ बढी साथ दिनुहुनेछ भन्ने आसा राख्दछु । म पनि अझ बढी ईमान्दारिताका साथमा आफ्नो पेशामा समर्पित हुनेछु ।’

poland2
आश्विन परियार र बिनय अधिकारीको सहकार्यमा ईनास पोल्याण्डद्वारा प्रदर्शन गरिएको चलचित्रबाट संकलित रकम नेपालका अनाथ बालबालिकाको सहयोगार्थ हस्तान्तरण गरिने चलचित्र निर्माता एबम निर्देशक सुदर्शन थापाले जानकारी गराएका छन् ।

स्मरण रहोस नेपालबाट पोल्यान्डका लागि भनेर कलाकारहरु आएको यो पहिलो पटक हो ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार १०:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...