BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २५ गते
    Headlines :
    Ad

    आत्महत्या गर्नेमा नेपाल विश्वको सातौ स्थानमा

    संसार न्यूज संवाददातामंसिर १७, २०७४

    susideआत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्दछ । त्यसमा पनि महिलाहरुले बढी आत्महत्या गर्नेमा नेपाल विश्वमै तेश्रो स्थानमा रहेको होलिस्टिक माइन्ड्स एन्ड लाईफ सेलिब्रेसन सेन्टर, धापासीका मनोबिज्ञ आर्दश प्रधान बताउँछन् ।
    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौै स्थानमा पर्छ भने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेश्रो देश हो । विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ वर्षपछि आत्महत्याको संभावना बढ्ने गरेकोे देखिन्छ । आत्महत्या गर्नुको कारण किटान त गर्न सकिदैँन तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने गरेको देखाउँछ । डिप्रेसन आत्महत्या गर्न सघाउ पु¥याउन प्रमसख रोग हो । त्यस्तै, बाइपोलार, डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगीहरुले पनि आत्महत्या गर्ने गर्छन् ।
    यसरी गर्न सकिन्छ रोकथाम
    आत्महत्याको लक्षण पहिचान गरेरै रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यता आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक, परामर्श दिनुपर्छ । त्यतिगर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ ।
    विशेष गरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । यस्तो लक्षण देखाउने व्यक्तिसम्म लामो समय रहन पनि आवस्यक हुन्छ ।
    यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ ।
    यस्ता प्रकृतिका मानिस लागु पदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नुपर्छ । नयाँपत्रिकाबाट

    ५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad