BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    प्रवासमा हराएका नेपाली सपनाहरु

    चन्दा थापामंसिर १७, २०७४
    अमेरिकामा मृत्युभएका प्रशिद्ध कँडेल

    अमेरिकामा मृत्युभएका प्रशिद्ध कँडेल

    देशमा भनेजस्तो रोजगारीको अभाव अनि विदेशमा सहजरुपमा पाइने रोजगारीको सपनाका कारण दिनहुँ सयौं नेपाली सपनाहरु खाडी मलेसिया लगायतका देशमा पुगिरहेका छन् भने उच्च शिक्षाको लागि युरोप र अमेरिका जाने नेपाली सपनाहरु त्यत्तिकै रुपमा ताँती लागेका छन् पछिल्लो समय । यसले आफ्नो देशमा अनि आफ्नो बाँजो बारीमा संघर्षका पसिना बगाउने बानी हराएको छ, भने आफ्नै देशमा जति नै उच्चस्तरीय शिक्षा प्राप्त हुने अवस्थामा पनि युवाहरुको ताँती अमेरिका र युरोप लगायतका देशमा पुगिरहेको छ । जब आफ्नै देशमा आफूले भनेजस्तो र रोजेजस्तो पाइएन\मिलेन भने विदेशमा झन त्यो कसरी सहज हुनसक्छ र त्यो सबैले सहजरुपमा अनुमान गर्न सकिन्छ  । तर, अहिलेको विश्व, तिब्र विकास भएको पछिल्लो अवस्थामा विश्व देख्ने र बुझ्ने भन्दा पनि आफ्नो  व्यक्तिगत खुसीका लागि युवा सुनौलो सपना देख्दै विदेशको गल्लीमा भौतारिरहेको हुन्छ ।

    उसले त्यहाँका गल्लीमा आफू अनुकुल पाउँदैन, त्यहाँका मान्छेमा पारिवारीक वातावरण पाउँदैन्, त्यहाँ उसले आफ्नो जन्मभूमिको वातावरण पाउन सक्तैन् । नत आमाको माया भरिएको काख अनि बाबुको माया भरिएको अंगुलीको सहारा नै । नत भनेजस्तो रुपमा आर्थिक, भौतिक रुपमै उसले त्यहाँ केही पनि पाउँदैन् । अनि त मनमा नैराश्यता, देश, परिवार, साथीभाइको सम्झनाले व्याकुल बन्दा मृत्युसम्मको बाटो रोज्ने यात फेरि सन्तुलन गुमाउने गरेको पाइएको छ । खाडी र मलेसिया, कोरिया तथा जापानजस्ता देशहरुमाका देशमा धेरै नेपालीले आफ्नो प्रिय तथा प्रियसीको साथ छुट्दा र मिलनको पर्खाइमा बस्दा बस्दै ज्यान गुमाएको पाइएको छ भने कतिपय कामको प्रकृतिका कारण, वातावरणको कारण र कामको खटन अनुसार पनि उनीहरुको मृत्यु भएको र आत्महत्या गर्ने सम्मको बाटो रोजेको पाइएको छ ।

    हामीले खाडी र मलेसियाका देशमा रहेका नेपालीले मृत्युवरण गर्दा उनीहरुका परिवारलाई उसको मृत्युको कारण सत्य तथ्य पत्ता लगाउन सहज होस् भनेर विभिन्न स्रोत र व्यक्तिहरुको नाम उल्लेख गरेर मृत्युको समाचार लेख्ने कोशिष गरेका छौं भने सुखद भविष्यको खोजीमा युरोप र अमेरिका पुगेकाको पनि त्यहाँको जीवनशैली त्यति सहज छैन भन्ने सन्देश दिनकै लागि हामीले स्तम्भका रुपमा मृत्युका समाचार दिएका हौं । हामीले लेखेको समाचार मात्र नभएर अन्य विदेश पुगेका धेरै नेपाली सपनाको मृत्यु भएको र त्यसको समाचार विस्तृत रुपमा ल्याउन नसकिने अवस्था हुँदो रहेछ । फेरि पनि हामीले एकमुष्ट रुपमा प्रत्येक महिना विदेशमा हराएका नेपाली सपनाहरुको समाचार दिदैं आइरहेका छौं । यसमा यहाँको नजदिक त्यस्ता घटना भइहालेमा यहाँले पनि समाचार दिन सक्नुहुन्छ । ताकी उहाँहरुको परिवारलाई घटनाको नजदिक पुग्न तथा अनुसन्धान गर्नका लागि सहज बनोस् । अनि विदेश जाने सोँच बनाएको अर्को नेपाली सपनाले जानुपुर्व सवाधानी अपनाओस् भन्ने हाम्रो मुख्य ध्येय हो ।

    असोज २०७४ मा प्रवासमा हराएका नेपाली सपनाहरु

    विद्यार्थी भिसामा अमेरिकामा पुगेका गुल्मीका एक युवाले आत्महत्या गरेका छन् । १५ महिना अघि अमेरिका पुगेका गुल्मी श्रीङगा घर भई हाल काठमाडौं संखमुलका २३ वर्षीय प्रसिद्ध कँडेलले १० अक्टोबरका दिन आफ्नै कोठाको लन्ड्री रुममा आत्महत्या गरेका हुन् ।
    कंडेलले डिप्रेसनका कारण आत्महत्या गरेको बुझिएको छ । अमेरिकाको अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि पुगेका कँडेल ८ महिना अघि मात्र बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । उनको अमेरिकामै दासंस्कार गरिएको छ ।
    दक्षिण कोरियामा कार्यरत गुल्मीका कमल कार्की झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
    कोरियाको ख्वाङ्गी दो, ह्वासङसी छोआमस्थि मोटर पार्टस् बनाउने कम्पनीमा कार्यरत कार्की इपियसमार्फत चारमहिना अघि मात्र कोरिया पुगेका थिए ।
    कार्की आफू कार्यरत कम्पनीको नजिकै रहेको गोदााममा २५ सेप्टेम्बरका दिन झुण्डिएको अवस्थामा भेटिएको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन् ।
    राती खाना खाएर साथिहरुसँगै सुतेका कार्की रातको दुईबजे रुमबाट निस्केको रुम पार्टनरले बताएका छन् ।
    नेपालबाट गएको कम्पनीमा काम गा¥हो भएर सो कम्पनीमा कामगर्न आएका उनी काम सकिनासाथ मोबाइलमा व्यस्त रहने गरेको र कम्पनीका कारण भन्दा पनि घरायसी कारणले आत्महत्या गरेको हुन सक्ने साथीहरुले अनुमान गरेका छन् ।
    कार्कीको मृत्युबारे सउलस्थित नेपाली दूतावासले स्थानीय प्रहरुबाट औपचारिका जानकारी आइसकेको जनाएको छ । कार्की कार्यरत कम्पनीमा ११ नेपाली कार्यरत छन् ।
    मलेसियामा ताप्लेजुङका मिङ्मा शेर्पाको निधन भएको छ । आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष समेत रहेका शेर्पाको २९ सेप्टेम्बरका दिन मृत्यु भएको हो ।
    मलेसियाको शाहआलममा रहेको एक कम्पनीमा सेक्युरेटी पदमा कार्यरत शेर्पाको ड्युटीमै रहेको अवस्थामा ज्यान गएको उनका साथीहरुले जानकारी दिएको मलेसियाबाट पत्रकार रामचन्द्र नेपालले जनाएका छन् । उनले २३ सेप्टेम्बरका दिन आफू विरामी भएको र साथीहरुलाई फोनको तथा म्यासेजको उत्तर दिन नसकेको भन्दै फोटो समेत राखेका थिए ।
    अत्यन्तै मिलनसार रहेका शेर्पा विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय रहेका थिए ।
    मलेसियामै रामधुनी नगरपालिका वडा नं ४ झुम्का सुनसरीका धुव्र नारायण चौधरीको कामगर्ने क्रममा लडेर मृत्यु भएको छ ।
    साढे ३ वर्षदेखि इमबुस इण्डष्ट्रीजमा कार्यरत चौधरीको काम गर्ने क्रममा घरको तलाबाट लडेर मृत्यु भएको उनका साथी सरोज चौधरीले जानकारी दिएको पत्रकार नेपालले जनाएका छन् । चौधरीको शब नेपाल ल्याइसकिएको छ ।

    साउदीमा कार्यरत रुकुमका दिपक बुढाथोकीको सवारी दुर्घटनामा ज्यान गएको छ । साउदीको अजमल सप्लयार्स कम्पनीमा इन्नोभेटिभ फुड कम्पनी सिफामा कार्यरत २८ वर्षे ओलीको सामान किनमेल गरेर फर्कने क्रममा अक्टोबर ४ का दिन सवारीले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको साउदीबाट विपुल ढुंगानाले बताएका छन् ।
    साउदीमै सवारी दुर्घटनामा परेर पाँचथरका २७ वर्षीय टिकाराम लम्गादेको पनि मृत्यु भएको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय लम्गादेको २३ सेप्टेम्बरका दिन शनिबार समान किन्न गएको बेला मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
    उनको शब नेपाल ल्याउन सम्बन्धीत निकायसमक्ष अनुरोध गरिएको छ । दुईवर्ष अघि साउदी पुगेका उनको घरमा दुई श्रीमती र तीन छोरी रहेको बताइएको छ ।
    युएईको अमलक्विनमा रोल्पाका जीवन केसी मृत भेटिएका छन् । रोल्पाको सुकीदहका केसी २९ सेप्टेम्बरका दिन कम्पनीको ग्यारेजमा रहेको क्रेनमा झुण्डिएको अवस्थामा फेला परेको उनका भाइ सर्जन केसीले जानकारी दिएको युएइबाट पत्रकार उमाकान्त पाण्डेले बताएका छन् ।
    श्रीमतीसँग फोनमा कुरा गरिरहेका उनको फोनबाटै झगडा भएपछि आवेशमा आएर केसीले आत्महत्या गरेको भाइ सर्जन र छिमेकी कृष्ण डाँगीले बताएका छन् । कामबाट फर्केपछि श्रीमतीसँग फोनमा झगडा भएको भन्दै केसीले कृष्णलाई फोन गरेको पनि बताइएको छ ।
    ‘उनीहरुकै लागि विदेश आए, उ चाँहि सधै अनावस्यक झगडा गर्ने म त बाँच्दीन । यो तिम्रो मेरो अन्तिम बोलचाल हो साथी, अर्को जुनीमा भेटौला आत्महत्या गर्दैछु भनेर फोन राखे’ कृष्णले भने ।
    कृष्णले केही भन्न नपाइ फोन राखेका उनले । कृष्णले त्यतिबेलै रसअलखेमामा कामगर्ने जीवनका साइला भाइ सर्जनलाई फोन गरेर बताएका थिए । कृष्णको कुरा सुनेर दाइलाई फोन गरेका सर्जनले दाइको फोन स्विचअफ भएको बताएका थिए ।
    जीवनका दुई छोरी र एक छोरा छन् । युएइ गएपछि जीवनले परिवारलाई दाङमा कोठा खोजेर राखिदिएका थिए । दुईवर्ष अघि घरबिदामा आएका केसीले ऋणधन गरेर जग्गा किनेका थिए । त्यहि जग्गाको पैसा तिर्न नसकेको भन्दै श्रीमतीले फोनमै झगडा गरिरहने गरेको उनका साथी कृष्णले बताएका छन् ।

    २४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad