back

चेम्बर एक्स्पो सम्पन्न, पाँच दिनमा पाँच करोडको कारोबार

वि.सं.२०७४ मंसिर १८ सोमवार

147 

shares
NTC AD
Global IME AD

expo

१८ मंसिर, काठमाडौं । पाँंच दिनेदेखि जारी नेपाल ‘चेम्बर एक्स्पो २०७४’ आज सम्पन्न भएको छ । एक्स्पोमा रु पाँंच करोडभन्दा बढीको कारोबार भएको छ ।

नेपाल चेम्बर अफ कमर्सको आयोजना सञ्चालित एक्स्पोमा विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको छ । एक्सपोमा निर्माण सामाग्रीका रुपमा रहेका भूकम्प प्रतिरोधात्मक सामग्रीको अर्डर एक्स्पोका संयोजक राष्टभूषण चाकुबजीले जानकारी दिनुभयो ।

एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गरेको र रु पाँंच करोडभन्दा बढीको कारोबार भएको छ ।

एक्स्पोमा अटोमोबाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइन्स, फेशन वेयर, मोबाइललगायतका २२५ स्टल राखिएका थिए ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरूको सहभागिता थियो ।

चेम्बरले गरेको यो तेस्रांै एक्स्पो हो । चेम्बरले प्रत्येक वर्ष यस्ता अन्तराष्ट्रिय एक्स्पो गर्दै आएको छ ।

यस पटकको एक्स्पोमा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्याण्डले फोकस मुलुकका रुपमा सहभागिता जनाएको थियो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ११:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...