BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    लन्डनमा यसरी मनाईयो ‘योमरी पुन्ही’

    संसार न्यूज संवाददातामंसिर १९, २०७४

    yomari1पासा पुच : गुठी साउथ इस्ट लन्डनले एक कार्यक्रमको आयोजना गरी योमरी पुन्ही मनाएको छ ।
    गुठीले योमरी पुन्हीको अवसरमा ३ डिसेम्बरका दिन लन्डनको वीलवीचस्थित लोटस क्लवमा योमरी प्रतियोगित सञ्चालन गरी योमरी पुन्ही मनाएको पासा पुच : गुठी साउथ इस्ट लन्डनका अध्यक्ष सुशिल प्रजापतिले जानकारी दिएका छन् ।

    yamori22
    प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा पासा पुच गुठी युकको केन्द्रीय अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिको रुपमा नेपालबाट युके पुगेका नेवा संस्कृतिकर्मी तथा समाजसेवी विष्णु प्रजापतिको आतिथ्यता रहेको थियो ।
    एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने, कोषाध्यक्ष सचिन श्रेष्ठ, सचिव सुरज मास्के र सदस्य राजन खकुरेल, बुद्ध फाउन्डेशनका युकेका अध्यक्ष दीपक श्रेष्ठ, एनसिआई युकेका अध्यक्ष मोहन गुरुङ, रोयल ग्रिनविच नेपाली सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ, नेवा आमा समुहकी अध्यक्ष अन्जु श्रेष्ठ, पासापुच गुठी युकेकी पूर्वउपाध्यक्ष संयुक्ता श्रेष्ठ, ट्रष्टी बोर्डका पूर्वसदस्य कृष्ण चाखु, इनास युकेकी अध्यक्ष रजनी सुनुवार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

    yamori punhi uk (3)
    त्यसैगरी योमरी प्रतियोगितामा प्लमस्टिडका रत्ना कायस्थ र अनु श्रेष्ठको समुह पहिलो, सञ्जिता मास्के र साफी श्रेष्ठको गोर्खाली समुह दोश्रो तथा निस्ला प्रजापतिका र सुनिता प्रधानको बासिल्डन टिमले तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै योमरी खाने प्रतियोगितामा हरिगोविन्द गुरुङ तथा जुनियरतर्फ उत्कृष्ट श्रेष्ठले जित हासिल गरेका थिए ।
    विजेता तथा सांस्कृति प्रस्तुति गर्ने कलाकारहरुलाई पासा पुच ईस्ट लन्डनमा अध्यक्ष सुशील प्रजापति र केन्द्रीय अध्यक्ष कुमार श्रेष्ठले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।
    सत्य प्रसाद प्रजापतिको सञ्चालन तथा रंञ्जित नकर्मीको संयोजन रहेको उक्त कार्यक्रममा कलाकार सिरज श्रेष्ठ, आर्या श्रेष्ठ, मिलशान्ता चिपालु र उत्कृष्ट श्रेष्ठको टोलीले नेवारी धिमेवाजाको प्रस्तुति दिएका थिए भने सत्यप्रजापतिले नेवा गीत गाएका थिए ।

    ६८६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad