BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २५ गते
    Headlines :
    Ad

    क्याटालोनियाका नेता र पूर्वमन्त्रीमाथिको पक्राउ पुर्जी फिर्ता

    संसार न्यूज संवाददातामंसिर २०, २०७४

    २० मंसिर, म्याड्रिड । एएफपी स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उहाँसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ ।

    हाल उहाँहरु बेल्जियम हुनुहुन्छ । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उहाँहरुले भूमिका खेल्नुभएको भन्दै उहाँहरुलाई पक्राउ गर्ने आदेश दिइएको थियो । उहाँहरुमाथि देशद्रोहको आरोप लागेको छ ।

    उहाँहरुले स्पेनमा फर्कने इच्छा देखाएको उल्लेख स्पेनका न्यायाधीशले तर्क गर्नुभएको छ । क्याटालोनियामा आगामी महिना निर्वाचन हुने भएको छ । उहाँहरु पनि सो निर्वाचनमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ ।

    क्याटालोनियाको स्वतन्त्रता पक्षधर नेताहरुले पनि यस निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिनुभएको छ । उहाँहरुलाई हाल स्पेन सरकारले जारी गरेको पक्राउ पूर्जी रद्द गर्दा पनि कानूनी अनुसन्धानमा प्रभाव नपर्ने न्यायाधीशले जनाएका छन् ।

    क्याटालोनियामा गत महिना गरिएको जनमत संग्रहको विषयलाई लिएर राजनीतिक अस्थिरता बढेको छ । सो जनमत संग्रहमा ठूलो संख्याका नागरिकले स्वतन्त्रताको पक्षमा मत दिएको उक्त सरकारको दाबी छ ।

    सोही बमोजिम क्याटालोनियाको सरकारले स्वतन्त्रता घोषणा गरेको दाबी गरेको थियो ।
    तर स्पेन सरकारले भने सो जनमत संग्रहको घोषणा अवैध भएको भन्दै क्याटालोनियाको सरकार र संसद भङ्ग गरिदिएको छ ।

    संसद र सरकार भङ्ग गरेपछि यहाँको स्वतन्त्रताको पक्षमा लागेका नेताहरुलाई पनि स्पेन सरकारले उनीहरुलाई देशद्रोही घोषणा गरेको छ । उनीहरुलाई पक्राउ गर्न सरकारले पूर्जी पनि जारी गरेको थियो ।

    १३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad