BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    भटमाससँग नुन – चामल साट्दै कृषक

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    २१ मंसिर, डडेल्धुरा । पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँका कृषक भटमाससँग नुन चामल लगायतका खाद्य सामाग्री साट्न व्यापारीकहाँ धाउन थालेका छन । वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ , मकैजस्ता बाली छोडेर भटमास तथा अन्य दलहन खेतीतर्फ आकर्षित भएका हुन ।
    क्ृषकले लगाएका बँदेलले सखाप पार्न थालेपछि अजयमेरु गाउँपालिका र डडेल्धुराको ग्रामीण भेगका अधिकांश किसानले मकै र धान खेती लगाउन छाडेको अजयमेरु गाउँपालिका –५ की मायादेवी पालले बताइन ।
    ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापरी नुन र चामल लगेर गाउँमै भटमास लगायत दलहन खरिद गर्न पुग्ने गरेको अजयमेरु –१ समैजीका कृषक बताउँछन । बजारको मुल्य गाँउमै पाइने र नुन चामल पनि घरसम्मै पुग्ने भएकाले सजिलो भएको कमैजीकी दुर्गा भन्दारी बताइन । आजको राजधानी दैनिकबाट

    ८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad