BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    चक्रवातको असर नेपालमा

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    २१ मंसिर, काठमाडौं । अरेबियाली सागरमा उत्पन्न शक्तिशाली सामुद्रिक चक्रवात (साइक्लोन) का कारण मुलुकको सुदुर र मध्येपश्चिमी भागको आकाश बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार आर्यलका अनुसार शक्तिशाली चक्रवातको बाहिरी घेराले फ्याकेको शक्तिशाली वायुले बादल बनाएपछि सुदुर र मध्येपश्चिमका मध्येपहाडी र हिमाली क्षेत्रमा बदली भएको हो । भारतको उत्तर पश्चिम हुदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायुका कारण मौसममा बदलाब आएको छ । मौसमविद् र्आर्यलले कान्तिपुर सित भने, यसका कारण हिमाली क्षेत्रमा हिमपातसँगै वर्षा हुने देखिन्छ ।
    भरतको राजस्थान, बिहारलगायत क्षेत्रमा तीन दिनदेखि चक्रवातको प्रत्यक्ष असर देखा परेको छ । नेपालमा सोमबार बिहान देखि मात्र असर सुरु भएको छ । चक्रवातबाट उत्पन्न हुने वायु प्रभावशाली हुने र त्यो वायुसँगै पानीको मात्रा पनि हुने भएकोले क्षणभरमै बादल उत्पन्न भएर मौसममा बदलाप आउछ । आजको कान्तिपुर दैनिकबाट

    ३० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad