BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    चेपाङलाई निःशुल्क ट्रयाक्टर

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    patrapatrika२१ मंसिर, धादिङ । गोरु अभावले पाखोबारीमा खेती गर्न नपाएका बेला धादिङ गजुरी गाउँपालिका ४ का चेपाङ समुदायले खेतबारी जोत्न प्रयोग हुने ट्रयाक्टर निशुल्क पाएका छन ।
    ऋाफ्नो पाखोबारीको उब्जीले ६ महिना मात्रै खान पुग्ने गजुरी ४ नेवारबासमा चेपाङले खेतीपाती गर्न पछिल्लो समय गोरुसेमेत पाएका थिइनन। नेवारबासका स्थानीय गणेशबहादुर चेपाङले भने, गाउँमा अजकाल सितीमित गोरु पाइन्दैनन, पाइहाले पनि सबैले जोत्नुपर्ने हुन्छ पाले कुदैमा महिना वित्छ । भएको पाखोबारीमा समेत भनेको बेला बाली लगाउन गाह्रो भएका बेला अहिले हामी बारी जोत्ने ट्याक्टर पाएका छौं ।
    साना साना गह्रा भएको पाखोबारीमा समेत जोत्न मिल्ने ट्याक्टर पाएपछि चेपाङ खुसी छन । नेवारबासकै स्स्थानीय शर्मिला चेपाङले भनिन, हामिले बाउबाजेका पालादेखि पाखोबारीमा धेरै दुख गरेर हात र गोरुले खनिखोस्री आएक थियौ । अहिले त यसरी ट्याक्टरले पनि जोत्न मिल्नेरहेछ । अझ ट्याक्टरले त हामी महिलाले पनि जोत्न सक्ने रहेछौं । पाखोबारी जोत्न गोरु भन्दा सजिलो हुने रहेछ । खर्च पनि कम लाग्छ भनेका छन । आजको अन्नपूर्ण दैनिकबाट

    ३३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad