BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    नेपाली कांग्रेसले बहुमत ल्याउने प्रधानमन्त्री देउवाको विस्वास

    रासस मंसिर २१, २०७४

    pm-deuva
    २१ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ ।

    गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । “अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,” उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका उहाँले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गर्नुभएको हो । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किनुभएको छ ।

    ५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad