BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    शिर्ष नेतृत्वहरु कसले कहाँबाट गरे मतदान ? (तस्बिर सहित)

    रासस मंसिर २१, २०७४

    pm-deuva१९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि भएको आजको दोश्रो चरणको निर्वाचनमा शिर्षनेताहरुले विभिन्न ठाउँबाट भोट हालेका छन् ।
    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान गरेका छन् ।

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गरेका छन् ।

    p1
    त्यसैगरी पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र–१ का उम्मेदवार झलनाथ खनालले इलामको सूर्योदय गाउँपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गरेका छन् ।

    jhalnath
    नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतम बाँसगढी नगरपालिका– ८ त्रिभुवन मावि ककौरा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

    bamdev

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र–६ का उम्मेद्वार डा. शेखर कोइराला विराटनगरको आदर्श उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    sekhar-koirala
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुर क्षेत्र–१ दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन मतदान स्थलको क केन्द्रमा मतदानबाट मतदान गरेका छन् ।

    narayanman
    मोरङ क्षेत्र–६ का वाम गठवन्धनका उम्मेदवार लालवावु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    lalbabu-pandit
    पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र–१ का उम्मेदवार एमाले नेता सुरेन्द्र पाण्डेले भण्डारा हेल्थपोष्ट मतदान केन्द्रबाट मत राखेका छन् ।

    surendra-pandey
    मकवानपुर प्रतिनिधिसभा क्षेत्र–१ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले हेटौंडा ५ बैशगोपाल मावि मतदान केन्द्रबाट भोट खसालेका छन् ।

    kmal-thapa
    नेकपा एमालेका नेता शंकर पोखरेल लेदाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    shankar-pokhrel

    मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले काठमाडाँैस्थित सानो गौचरन मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    khilaraj
    विना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले बर्दिवास नगरपालिकास्थित दुधेश्वर प्रावि मतदान केन्द्र क बाट मतदान गरेका छन् ।

    girirajmani

    इलाम क्षेत्र–२ का उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङले बालमन्दिर मतदान केन्द्र (ख)बाट मतदान गरेका छन् ।

    subash
    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंंहले काठमाडौँ नेपाल युवक मावि पकनाजोलबाट मतदान गरेका छन् ।

    prakashman
    काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गरेका छन् ।

    pokhrel
    पूर्वमन्त्री ह्दयेश त्रिपाठी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र–१स्थित जनजागृती मावि गुठीप्रसौनी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    hirdayadesh-tripathee
    नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र–२ बुटवल उपमहानगरपालिका–८स्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गरेका छन् ।bishnu-poudel

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गरेका छन् ।

    kp-sitaula
    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै।

    poudel
    नेकपा (एमाले)का उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावलले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गरेका छन् ।

    bhim-rawal

    नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र–३ का प्रतिनीधिसभाका उम्मेदवार तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार मतदान गर्दै ।

    bijay-ghachhadar

    ६५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad