BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    तुलसीपुरमा २६ क्रियापुत्रीबाट मतदान

    रासस मंसिर २१, २०७४

    २१ मंसिर, तुलसीपुर, दाङ । आज भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका–१२ मावि हरिपौरी मतदान केन्द्रबाट नेकपा(एमाले) दाङका उपाध्यक्षसमेत रहनुभएका हुकुमबहादुर बस्नेतसहित उहाँको घरमा किरिया बस्नुभएका आठ जनाले मतदान गर्नुभएको छ ।

    सोही मतदान केन्द्रबाट उपमहानगरपालिका–१२ का अम्मर डाँगीसहित उहाँको सात जनाको परिवारले मतदान गर्नुभएको छ । उहाँहरु आफ्नी आमाको किरिया बस्नुभएको छ । त्यस्तै उपमहानगरपालिका–९ दोघरेका रुपलाल नेपालीको किरिया बस्नुभएका उहाँको परिवारका ११ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

    ३७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad