BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    दोश्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत भन्दा बढी मत खस्यो

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    nirbachan-aayog२१ मंसिर, काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

    निर्वाचन आयोगले निर्वाचन सम्पन्न पछि आयोगमा गरेको पत्रकार सम्मलेनमा ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको जानकारी समेत दिएको छ । साथै सबैभन्दा बढी मत गुल्मीमा खसेको छ । गुल्मीमा ७१ प्रतिशत मत खसेको हो ।

    पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादबले दोश्रो चरणको निर्वाचनमा ४५ जिल्लामै शान्तिपूर्ण तथा शौहाद्र्धपूर्णरुपमा मतदान सम्पन्न भएको जानकारी दिएका छन् ।

    साथै ४५ जिल्लाका मतपेटीकाहरु जिल्ला निर्वाचन कार्यालयमा संकलन भएपछि आज राति वा भोली विहाँनदेखि मतगणना सुरु गर्ने जानकारी समेत दिए । मतपेटीकाहरु संकलन गर्ने क्रम जारी रहेको र जिल्ला निर्वाचन प्रमुख र सबै राजनीतिक दलको प्रत्यक्ष रेखदेखमा मतपेटीका सुरक्षित राखिने जानकारी पनि दिए ।

    डा. यादवले पहिलो चरणमा ३२ जिल्ला र दोश्रो चरणमा ४५ जिल्ला गरी ७७ जिल्लामै शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, कार्यकर्ताको सहयोगप्रति आयोगले आभार व्यक्त गरेको बताएका छन् । साथै उनले जनताको मतादेशलाई सहजरुपमा स्विकार्न पनि दलहरुसमक्ष अनुरोध गरेका छन् ।

    डा. यादवले सरकारको सुरक्षा व्यवस्था चुस्त तथा प्रभावकारी रहेकैले सहजरुपमा निर्वाचन सम्पन्न सफल भएको बताए । उनले निर्वाचन सम्पन्न गराउन ७७ जिल्लाका निर्वाचन कार्यालयका प्रमुखहरु, मतदान अधिकृतहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, आयोगका कर्मचारी तथा निर्वाचनमा सहयोग पु¥याउने दातृ निकाय, छिमेकी राष्ट्रहरु, अन्तराष्ट्रिय समुदाय लगायतलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै मतदातालाई सू–सूचित बनाउन महत्वपूर्ण भूमिका खेल्ने संचारकर्मीको भूमिकालाई आयोगले उच्च कदर गरेको पनि यादवले बताएका छन् ।

    यसैगरी अर्घाखाँचीको दुईवटा मतदान केन्द्रमा स्थगीत भएको मतदान छिट्टै गरिने पनि डा. यादवले बताए ।

    सोहि अवसरमा पहिलो चरणमा सम्पन्न भएका ३२ जिल्लामा मतगणना सुरु भइसकेको जानकारी पनि आयोगले दिएको छ । मुगु, मुस्ताङ, बैतडी जाजरकोट, भोजपुर र बाजुरा, सिन्धुपाल्चोक लगायतका जिल्लामा मतगणना कार्य सुरु भइसकेको छ । साथै आयुक्त यादवले केही समयमै पहिलो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थाल्ने बताए ।
    स्मरण रहोस् गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा समग्रमा ७१ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको थियो ।

    १५२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad