BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    ‘विकास गरेर पाँच वर्षपछि आउनु’

    संसार न्यूज संवाददातामंसिर २२, २०७४

    २२ मंसिर, सुर्खेत । वीरेन्द्रनगर–१२ निवासी ७६ वर्षीय चन्द्रमाया लामिछानेले आफन्तले बोकेर मतदान केन्द्रसम्म पुर्याए । लाइनमा नबसी उनलाई कर्मचारीेले मतपत्र दिए सहयोगीको भरमा मतपत्रमा छाँप लागाइन मतपत्र पट्याएर बाकसमा खसाइन । अनि लामो सास फदै भनिन्, ‘लौ अब पाँच वर्ष भोट माग्न नआउनू वर्षमा दुई दुईपटक भोट हाल्न सकिन्न’, चन्द्रमायाले भनिन्, जनताको भलो चाहने भने पाँच वर्षसम्म सरकार टिकाउनुू ।
    चन्द्रमायाको कुरा सुनेर स्थानीय हस्तवीर सामुदायिक विद्यालयको मतदान केन्द्रमा केहीबेर मौनता छायो । निर्वाचनमा खटिएका कर्मचारी र दलका प्रतिनिधिले उनको कुरा केहीबेर सुनिरहे । शारिरीक रुपमा अशक्त भएकाले उनलाई आफन्तले बोकेर मतदानका लागि ल्याएका थिए । उनी बोलिरहदा उसको जवाफ दिने कोही थिएनन । बरु सुरक्षाकर्मीले मत खसालीसकेकाले उनलाई बाहिर लैजान भने । मतदान केन्द्रको गेत बाहिर निस्कदै गर्दा उनले थपिन, नेतालाई अब पाँच वर्षसम्म भोट माग्न नआउन भनेकी छु । एकआपसमा मिलेर विकासमा ध्यान दिउन् । आजको अन्नपूर्ण दैनिकबाट

    २८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad