BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    चिनियाँ आकाशमा भारतीय विमान

    संसार न्यूज संवाददातामंसिर २२, २०७४

    २२ मंसिर, बेएजिङ । भारतीय चालकविहिन विमानले बिहिबार चिनियाँ आकाश ‘अतिक्रमण’ गरेको चिनको रक्षा मन्त्रालयले जनाएको छ । विमान सिक्किम क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
    ीवमान आफ्नो आकाशमा विना अनुमति उडेपछि विरोध गर्न बाध्य भएको चिनियाँ मन्त्रालयले जनाएको छ । ‘ भारतीय विमानले चिनियाँ अनुमतिविना आकाशमा प्रवेश भएको छ र भर्खरै विस्फोट भएको छ’, वेस्टर्न थिएटर कमान्ड, लडाकु दस्ताका उपप्रमुख झाङ सुइले भने । झाङका अनुसार भारतको यो कदम निन्दनिय छ ।
    यसबाट चीनको सम्प्रभूता उल्लंघन भएको भन्दै यसको विरोध गरिएको उनले स्पष्ट पारे । आफ्नो जिम्मेवारी पुरा गदै राष्ट्रिय सम्प्रभूता र सुरक्षाको रक्ष ागर्न तयार रहेको उनको भनाइ छ । चिनियाँ सीमा सुरक्षाबलले विमान भारतीय रहेको पहिचान र पुष्टि गरिसेकेको छ । चीनले आफ्नो आकाशमा अतिक्रमण गरेको प्रति भारत समक्ष विरोध गरेको छ । सिक्किस्मको दोक्लाम क्षेत्रमा चालकविहिन विमान विस्फोट भएको चिनबाट दाबी गरिएपनि यसको भारतीय रक्षा मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । आजको अन्नपूर्ण दैनिकबाट

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad