BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    काइनाइटको अवैध उत्खननले करोडौं राजस्व गुम्दै

    संसार न्यूज संवाददातामंसिर २२, २०७४

    २२ मंसिर, काठमाडौं । कालिकोटको कालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमूल्य धातु काइनाइट अवैध रुपमा उत्खनन भैरहेको छ । विपिन एन्ड अभि खनिज उद्योग प्रालि तथा अन्य दुइ ठेकेदारले भर्ताको बुकिमालिका सामुदायिक वनमा रहेको खानीबाट ठूलो परिमाणमा अवैध रुपमा काइनाइट उत्खनन गरी भारत निकासा गरिरहेका छन । गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमति विना नै अवैध रुपमा राजस्व छलेर निकासी भैरहेको छ ।
    राजस्व छलेर रातारात अवैध निकासी गरिरहेको कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइले बताए । ‘‘काइनाटका उत्खननका नाममा २० मिटरका बंकर बनाएर सयौं रुखहरु नष्ट गरिएका छन । ठाउँठाउँमा पहिरो गइरहेको अवस्था छ,’’ उनले भने ।
    ीवपिन एण्ड अभि खनिज उद्योगका सञ्चालक गोपाल पाण्डे, ठेकेदार डबलसिंह माझी, हरिचन्द्रचलाउने लगायतले स्थानीयसँग मिलेमतोमा बहुमुल्य ढुंगा भारततिर अवैध निकासी गरिरहेको कालिका गाउँपालिका वडा नम्बर ३ काअध्यक्ष धनराज शाही बताए । सरोकारवालाहरुले चासो नदिँदा यस प्रदेशकै आर्थिक ्सम्भावना बोकेको यो खानी नष्ट भैरहेको छ , हामीले रोक्नका लागि धेरै प्रयास गरेको भए पनि अझै रोक्न सकेको छैन , उनले भने । आजको कारोबार दैनिकबाट

    ३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad