BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    निर्वाचनका कारण इन्धन भण्डारण बढाइयो

    संसार न्यूज संवाददातामंसिर २२, २०७४

    २२ मंसिर, काठमाडौं । निर्वाचनपश्चात हुने गतिविधिलाई मध्येनजर गदै आयल निगमले इन्धनको मौज्दात बढाएको छ । निगमका प्रवक्ता वीरेन्द्रा गाइतका अनुसार मुलुकभरी ७१ ह्जार ६ सय २८ किलोमिटर भण्डारण क्षमता छ
    प्पेट्रोल, डिजेल र हवाई इन्धन गरी ६४ हजार ३ सय ९० किलोमिटर क्षमता छ । जसमध्ये करिब ३९ हजार किलोमिटर मौज्दात बढाएको, प्रवक्ता गोइतले बताए । निर्वाचनकै कारण पूर्णरुपमा भण्डारण गरेका छौं, उनले भने । निर्वाचन पश्चात विभिन्न प्रदेशमा राजधानी घोषणा हुन्छ । असन्तुष्ट पक्षले बन्द हड्ताल गर्न सक्ने हुँदा त्यसलाई मध्येनजर गदै भण्डारणमा जोड दिएको हो । आपूर्तिमा कुनै अवरोध नभएकाले इन्धनमा समस्या नहुने गाइतले बताए ।
    मौज्दात पर्याप्त भएकाले बन्द हड्ताल भए पनि एक सातालाईु धान्न सक्ने क्षमता छ, उनले भने । निर्वाचनलाई लक्षित गदै सरकारले तीन दिन बोर्डर सिलबन्दी गर्ने घोषणा गरे पनि इन्धन ढुवानीमा कुनै अवरोध निगमको दावी छ । आजको कान्तिपुर दैनिकबाट

    २५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad