back

कांग्रेस त्यसै हारेको छैन, कांग्रेस हार्नुका ८ कारणहरु

वि.सं.२०७४ मंसिर २३ शनिवार

114 

shares
NTC AD
Global IME AD

dilliram-ammai
डिल्लीराम अममाई, बेल्जियम

कांग्रेशको लागी बहुमत राहुको दशा जस्तै हो, बहुमतको उन्मादले उसले आफ्नो पार्टी फुटाइ दिन्छ, आफ्नो नेतृत्वको सरकारमाथि आफैले वार गर्छ र देशलाई पनि रशातलमा पुर्याउछ भन्ने बाहेक सकारात्मक उत्तर अहिलेसम्म कांग्रेशले दिन सकेको छैन । अहिले पनि कांग्रेश “कम्युनिष्ट आए अधिनाक आउछ’ भन्ने आफ्नो बनिबनाउ एजेन्डा लिएर चुनाबमा होमियो । नेतृत्वले लड्खडाउदै चुनाब सम्पन्न त गरायो तर स्वर्गका कपडा लगाएका अकबरले जस्तै आफ्नो पार्टीको शरीर नाङ्गो पारेर देखाई दियो । 

आंकलन गरिदै छ कांग्रेशले जनतन सशक्त प्रतिपक्षको जनमत ल्याउदै छ । ऊ सधै सत्ताको वरिपरि रही आएको पार्टी हो । नेपालि कांग्रेशले इतिहाँस देखि अहिलेसम्म देखिने गरि कुनै दिर्घकालिक महत्वको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । अहिले चुनाबको प्रदेश र संसदीय चुनाबको परिणाम आउने क्रम जारि छ । सत्तामा हुदा पनि कम मत ल्याएकोमा कांग्रेश भित्र जुन कोकोहोलो मच्चिएको देखिन्छ ठुलो पार्टी भएको नाताले त्यो स्वाभाविक पनि हो र बिगतको उसको दुर्भाग्यपूर्ण कर्मका दुष्परिणामलाई हेर्दा अस्वाभाविक पनि हो । उसको भागमा परेको बहुमत कांग्रेशले थाम्न सक्दैन भन्ने प्रमाणित इतिहासले गरिसकेको हो ।

deuba-modi

२०१५ सालको संबिधान बनाउदा राजालाई संकटकालीन अधिकारको धारा संबिधानमा नराखेको भए २०१७ मा संसदीय ब्यबस्था समाप्त हुने थिएन । कम्युनिष्ट हाबी हुने र राजाबादी भन्दा बामपन्थी खतरनाक हुन सक्छन भन्ने भारतीय सुझाबलाई बिपीले मानेर दबाउनकैलागि त्यो धारा राखियो । जुन आत्मघाती साबित भयो । २०५१ सालको आफ्नै नेतृत्वको बहुमतिय सरकार उखेलेर फाल्ने अरु कोहि नभएर गिरिजा स्वयम् थिए । कांग्रेशको लागी बहुमत राहुको दशा जस्तै हो, बहुमतको उन्मादले उसले आफ्नो पार्टी फुटाइ दिन्छ, आफ्नो नेतृत्वको सरकारमाथि आफैले वार गर्छ र देशलाई पनि रशातलमा पुर्याउछ भन्ने बाहेक सकारात्मक उत्तर अहिलेसम्म कांग्रेशले दिन सकेको छैन । अहिले पनि कांग्रेश “कम्युनिष्ट आए अधिनाक आउछ’ भन्ने आफ्नो बनिबनाउ एजेन्डा लिएर चुनाबमा होमियो । नेतृत्वले लड्खडाउदै चुनाब सम्पन्न त गरायो तर स्वर्गका कपडा लगाएका अकबरले जस्तै आफ्नो पार्टीको शरीर नाङ्गो पारेर देखाई दियो । उसका बिबादित ठुला नेताहरु केही बाहेक जनताबाट तिरस्कारमा पर्ने खतरा देखिएको छ । नेपाली कांग्रेशमा त्यो संकट आउनुका केहि कारण छन् ।

१ – राजनैतिक स्थाइत्व प्रतिको जनमत बाम एकता तर्फ़ जानु स्वाभाविक हो किनकि नेपाल बाम रुझान भएको देश हो, र उसको चुनाबी नारा पनि राजनैतिक स्थायित्वको लागि बहुमत भन्ने थियो । नेपाली जनताले यो एकताको प्रयासलाई आत्मादेखि स्वीकार गरेका छन् । यो बामपन्थीहरुको जीतको लहर र जन उत्साहले त्यतै तर्फ़ संकेत गरेको छ ।

२ – कांग्रेशमा संकट आउनुको अर्को प्रमुख कारण बर्तमान प्रधान मन्त्रि शेर बहादुरको अदुरदर्शिता हो । उनले जन अपेक्षा बिपरित ६४ जनाको प्रलयकारी मन्त्रीमंडल बनाए । त्यसको मनोबैज्ञानिक जन-प्रतिक्रिया चुनाबमा देखियो । त्यस्तै उनको मिडिया अमैत्री शैली , जनतालाई हेप्ने कार्यले पनि उनि प्रतिको वितिष्णा सम्पूर्ण पार्टीमाथि पर्न गयो ।

३ – काङ्ग्रेशको कार्यकालमा भएका अलोकप्रिय निर्णय जस्तोकि विदेशीले नेपालको जनस्तर उकास्नको लागि बनाएका ५० भन्दा बढी राष्ट्रिय उद्योगहरु निजीकरणको बहानामा करोडौको कमिसन सहित कौडीको मुल्यमा भारतीय पुजिपतिलाई बेचेर उद्योगहरु समाप्त पारियो । बेचिएका मध्ये अहिले कुनैपनि उद्योगहरु संचालनमा छैनन् । ति उद्योगका सम्पूर्ण मेसिन भारत लगियो र त्यहि स्थापित गरियो ।

४ – नाकाबन्दीले देश थिलोथिलो हुदा राष्ट्रियताको पक्षमा कांग्रेस बोल्न सकेन । सिराहा, सप्तरी र टिकापुरमा भारतीय योजनामा नेपालीको कत्लेआम हुदा, नेपाल थिचोमिचोमा पर्दा कांग्रेस चुँ बोलेन । परिणाम जनताले चुनाबबाट देखाइदिए ।

५ -नेपाली जनताको संबिधान घोषणा गर्ने सार्बभौम अधिकार हुदाहुदै पनि भारतले दवाब, बिशेष दुत, राजदुत र नाकाबन्दी मार्फत संबिधान घोषणा हुन नदिने सड्यन्त्र गर्यो । कांग्रेस चुप्पमात्र लागेन राजदुत दिप कुमार उपाध्याय मार्फत भारतीय दलाली गरिरह्यो । परिणाम चुनाबमा देखिदै छ ।

६ – भनिन्छ १० बर्षे जनयुद्धमा नपालको ९२ अरबको सम्पत्ति नोक्सान भयो तर त्यो भन्दा बढी गत नाकाबन्दीको समयमा १५ खरब सम्पत्ति नोक्सान भयो भने त्यतिनै औसधिको अभाबमा जनताले ज्यान गुमाउनु पर्यो । त्यो नाकाबन्दी मानबिय, अधिकार र रास्ट्रीय स्वाधिनताको सवालमा निन्दनीय थियो तर नाकाबन्दीको समयमा युएनको सम्मेलनमा पुगेका उपप्रधान मन्त्रि प्रकाशमान श्रेष्ठले नेपालको नाकाबन्दी बारेमा युएन अध्यक्षले राखेको जिज्ञासामा नेपालमा नाकाबन्दी भएको छैन, त्यो सबै अफबाह हो । हाम्रो सम्बन्ध भारतसंग बिगत झैँ राम्रो छ भनेर झुट बोले । जुन कुरा नेपालीहरुले बिर्सेका थिएनन । चुनाबमा देखाइदिए ।

७ – यो पटकको चुनाबमा केपी वलीको राष्ट्रिय अडानलाई जनताले सम्मान गरेका छन् । तत्कालिन प्रम वलीले भारत सरकारद्वारा हेपेर लेखिएको संयुक्त बिज्ञप्तिमा सहि गरेनन जुन इतिहाँसमा पहिलो थियो । तर पछि प्रचण्ड भारत जाँदा १६ बुँदेमा सहि भयो त्यो बिज्ञप्तिले नेपालको परराष्ट्र सम्बन्ध भारतको अधिनस्त बनाएको थियो । जुन उनको एतिहाँसिक भुल थियो ।

८ – एउटा किताब ब्याबशायीलाई जनक शिक्षाको जियम बनाउनु , मानब बेचबिखनको दलाली आरोपीलाई कतारको राजदुत बनाउनु , कमिशन खाने आरोपी श्रीमतीलाई उमेद्वार बनाउनु, प्रधान न्यायाधिस प्रतिको अकर्मनड्यता , आइजीपी नियुक्ति काण्डमा कमिसनको खेलले निम्त्याएको बबण्डर आदि कारण देउपा जनतामा अत्यन्त अलोकप्रिय छन् ।

उनको त्यो अलोकप्रिय शैली र अप्रिय कामलाई जनताले चुनाबबाट चेतावनी दिदै छन् । यदि समयमै चेतेनन भने कांग्रेसले प्रजापरिषदको जस्तै ऐतिहासिक पाठ्यक्रममा सिमित बन्नु पर्ने अवस्था न आउला भन्न सकिन्न । ( विश्लेषक पत्रकार महासंघ युरोपका बरिष्ठ उपाध्यक्ष हुन् )

वि.सं.२०७४ मंसिर २३ शनिवार १६:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD